१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत

सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत

सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत
अ अ+ अ-

काठमाडाैँ । सुख, शान्ति र सुस्वास्थ्यको कामनाका लागि गरिने वसुन्धरा देवीको व्रत आज समापन भएको छ ।

लुमधी भद्रकाली महिला समूह (निशा पुचः)को आयोजनामा टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा आश्विन कृष्ण तृतीयाका दिन हिजो वसुन्धरा देवीको व्रत एवं पूजा आराधना गरियो । वसुन्धरा र स्वयम्भूमा समेत गरिने उक्त व्रत, पूजापछि आज बिहान सुन्धारामा विधिपूर्वक स्नान गरेसँगै समापन गरिएको हो ।

तीनै स्थानमा सामूहिक रूपमा उक्त व्रत एवं पूजा गर्ने परम्परा छ । त्यस व्रत एवं पूजामा वसुन्धरा देवीको विशेष आराधना गरिने परम्परा छ ।

आश्विन कृष्ण तृतीयाका दिन राजधानीको विभिन्न स्थानमा व्रत बसी पूजा आराधना गरेका बर्तालुले आश्विन कृष्ण चौथीका दिन बिहान भने सुन्धारामा जम्मा भएर स्नान गर्ने व्रत विधि रहेको सबलबहालका गुरु सिद्धिमुनि बज्राचार्यले राससलाई जानकारी दिनुभयो ।

उक्त व्रत एवं पूजासँग एउटा किंवदन्ती पनि जोडिएको छ । प्राचीनकालमा सुदर्शन नामका राजा थिए । राजाका दुई श्रीमती थिए । कान्छी श्रीमतीको खराब भावना थियो । राजा कान्छी श्रीमतीको पक्षमा लागेर भोगविलासमा केन्द्रित हुँदा देशमा अनावृष्टि भयो । अनि जनतामा हाहाकार भयो । राज्यभरका जनताले खान नपाउने अवस्था बन्यो ।

जेठी रानीले वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेपछि वृष्टि भयो । त्यसपछिदेखि नै प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन वसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गरेर यो कथा सुन्ने परम्परा सुरु भएको हो भन्ने धार्मिक मान्यता छ ।

पछिल्लो सुन्धारामा सहज रुपमा स्नान गर्ने सम्भावना नभएकाले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने बाध्यता रहेको भद्रकाली मन्दिरका पुजारी गणेशबहादुर महर्जनले दुःखेसो गर्नुभयो ।

भूकम्पपछि सुन्धरा पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत सरोकारवाला सरकारी निकायमा सुन्धारामा पानी आउनेगरी पुनर्निर्माण गर्न अनुरोध गरे तापनि त्यसको नतिजा हालसम्म प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।