२६ असार २०८३, शुक्रबार
,
Latest
काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली ऊर्जामन्त्री श्रेष्ठ र अमेरिकी दूतावासका कार्यवाहक प्रमुखबीच भेटवार्ता फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकारसम्पन्न निकाय आवश्यकः गगन थापा सम्पत्ति छानबिन आयोगको कामकारबाही यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश ‘दुग्ध उत्पादक किसानको हितका लागि उद्यमशीलता विकास जरुरी’ राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड सर्लाहीमा पनि एक युवकले गरे आत्मदाह प्रयास, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक



अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको सहकार्य तथा एभरेष्ट ग्यालरीको निर्माणमा तयार गरिएको वन तथा वातावरण सचेतना म्युजिक भिडियो सार्वजनिक भएको छ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका वन, जैविक विविधता, प्राकृतिक सम्पदा तथा वातावरण संरक्षणको सन्देश प्रवाह गर्दै वन संरक्षण, संवर्द्धन र दिगो उपयोगमार्फत “समृद्ध नेपाल” निर्माणमा योगदान पुर्‍याउने उद्देश्यका साथ यो म्युजिक भिडियो तयार गरिएको हो।

लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको परिकल्पनामा तयार भएको गीतमा राजकुमार बगरको शब्द तथा संगीत रहेको छ भने सिडी विजय अधिकारी र इब्सल सन्ज्यालको सुमधुर युगल रहेको छ। गीतको सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै एभरेष्ट ग्यालरीले आकर्षक तथा सन्देशमूलक म्युजिक भिडियो निर्माण गरेको छ।

म्युजिक भिडियोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्य, वन तथा वातावरण मन्त्री माननीय देवप्रसाद कलवार (सन्तु) साथै गीतका परिकल्पनाकार तथा मन्त्रालयका सचिव प्रमोद भट्टराई, प्रदेश सभा सदस्य नीमा गिरी, चर्चित गायिका कोमल वली, लोकप्रिय कलाकार सनम कठायत, मोडल आशिका घिमिरे, सपना क्षेत्री लगायत लुम्बिनी प्रदेशको वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न विशिष्ट व्यक्तित्वहरूको अभिनय रहेको छ। यसले भिडियोलाई अझ प्रभावशाली र सन्देशमूलक बनाएको छ।

एभरेष्ट ग्यालरीका प्रबन्ध निर्देशक तथा रचनात्मक निर्देशक सनम कठायतका अनुसार म्युजिक भिडियोमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका वन सम्पदा, प्राकृतिक सौन्दर्य तथा वातावरणीय विविधतालाई समेट्दै वन संरक्षण, दिगो उपयोग र प्राकृतिक स्रोतको सदुपयोगमार्फत समृद्ध नेपालको परिकल्पनालाई कलात्मक रूपमा चित्रण गरिएको छ।

म्युजिक भिडियोको छायाङ्कन शालिग्राम दुलालले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका छन्।उक्त म्युजिक भिडियो एभरेष्ट ग्यालरीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक सनम कठायतले सन्देशमूलक संगीत र दृश्य सामग्रीले समुदायमा सचेतना प्रभावकारी रूपमा पुर्‍याउने विश्वास व्यक्त गर्दै यस्ता रचनात्मक अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

यसैगरी, गीतका परिकल्पनाकार तथा वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव प्रमोद भट्टराईले आधुनिक प्रविधि, सृजनशीलता र संगीतको प्रभावकारी प्रयोगमार्फत सरकारी सूचना, जनचेतना र संरक्षणका सन्देशहरू समुदायसम्म सहज, दिगो र प्रभावकारी ढंगले पुर्‍याउन सकिने भएकाले यस्ता रचनात्मक अभियानलाई प्राथमिकता दिइएको बताए।

गीत सार्वजनिक भएयता विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा दर्शक–श्रोताबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। वन तथा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न यस म्युजिक भिडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ।