२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी (सवारी शाखा)मा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णुप्रसाद भट्टले जानकारी दिएका छन्। उनका अनुसार समितिलाई घटनाको छानबिन यथाशीघ्र सम्पन्न गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

बुधवार राति करिब ८ बजे सशस्त्र प्रहरी प्रधान कार्यालय परिसरस्थित एमटी शाखामा आगलागी भएको थियो। बङ्गलामुखी गणबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीका कारण केही सवारीसाधनमा क्षति पुगेको छ। यसअघि पनि सशस्त्र प्रहरी प्रधान कार्यालय र सतुंगलस्थित स्टोरमा यस्तै प्रकृतिका आगलागीका घटना भइसकेका थिए।




भर्खरै