३ भाद्र २०८३, बुधबार
,
Latest
ओभरलोड र पानी चुहाउने ट्रकका कारण कलंकी–नागढुङ्गा सडक जोखिममा सरकारी कार्यालयमा अनुशासन कडाइ, ११ हजार कर्मचारी कारबाहीको दायरामा राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ? भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा ‘इतिहास नपढी ३५ वर्षलाई गाली गरेर मात्र देश चल्दैन’: नेकपा सांसद विष्ट गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा रेडक्रसलाई तदर्थवादबाट मुक्त गरी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउन सांसद शाहीको माग राष्ट्रिय सभाको शुन्य समयः सुदूरपश्चिमको विकासदेखि सार्वजनिक बिदा कटौतीसम्मका विषयमा सांसदहरूको ध्यानाकर्षण रास्वपाको आन्तरिक बैठकका कारण प्रतिनिधिसभा बैठकमा ढिलाइ विद्युतमा लगाइएको भ्याट खारेजी र ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै हस्ताक्षर अभियान जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेसेल्समा नेपालीलाई रोजगारीको अवसर



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सेसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले आज शिष्टाचार भेट गर्नुभएको छ । श्रम मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–सेसेल्सको सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको थियो ।

साथै उहाँहरूबीच  नेपाली कामदारलाई सेसेल्समा रोजगारी उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकारसमक्ष प्रस्तुत श्रम सम्झौताबारे पनि छलफल भएको थियो । मन्त्री श्रेष्ठले जेल सुरक्षाको लागि मात्र नभई प्रहरी सेवा र निजी क्षेत्रमा पनि अवसर दिने विषयलाई समेटेर द्विपक्षीय श्रम समझदारी गर्नुपर्नेमा जोड दिनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । कामदार छनोट, रोजगारी र स्वदेश फिर्तीलगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने धारणा उहाँले राजदूतसमक्ष व्यक्त गर्नुभएको थियो ।

सेसेल्स सरकारले सुरक्षागार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान चाहेको जानकारी दिँदै राजदूत पिल्लेल खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनुसक्ने बताउँदै सेसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने जानकारी दिनुभएको थियो । उहाँले मन्त्री श्रेष्ठलाई सेसेल्स भ्रमणका निम्ति आमन्त्रण पनि गर्नुभएको मन्त्रालयले जनाएको छ ।