२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपन्यास ‘महारानी’ बजारमा



अ+ अ-

काठमाडौं । लेखक तथा पूर्वसांसद चन्दप्रकाश बानियाँद्वारा लिखित ऐतिहासिक उपन्यास ‘महारानी’ बजारमा आएको छ । धौलाश्री बहुउश्द्देयीय सहकारी संस्थाको कार्यालयमा बेनी समाजको आयोजनाको राष्ट्रियसभामा नेकपाका संसदीय दलको प्रमुख तथा साहित्यकार पूर्वमन्त्री दीनानाथ शर्मा, समालोचक राम लोहनी, समालोचक तथा पत्रकार संगीतस्रोता, लेखक बानियाँ लगायतले उक्त पुस्तकको विमोचन गरे ।

सांसद् शर्माले आफू उपन्यासबाट निकै प्रभावित भएको बताउँदै पर्वत राज्यको विषयमा लेखिएको भएर पनि यसको प्रभाव बढी रहेको विचार राखे । समीक्षक लोहनीले उपन्यासबाट इतिहासको धेरैको उत्खनन् गर्न खोजिएको र उपन्यासले कुन राजकुमार राजा हुने भन्ने विषयले आफूलाई खुल्दुली लागेको बताए ।

समीक्षक संगीतस्रोताले आफू जन्मिएको क्षेत्रको इतिहासका बारेमा लेखिएको उपन्यासबाट सन्तुष्टि मिलेको जिकिर गरे । उनले उपन्यास पढने र इतिहास बुझ्नेका लागि पनि यो पुस्तक पढ्नुपर्ने बताए । यो उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो ।




भर्खरै