काठमाडौँ। बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो ।








