१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग

कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने

कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने
अ अ+ अ-

काठमाडौं । राजधानीका बासिन्दालाई एक महिनाका लागि पुग्ने खाद्य सामग्री मौज्दात छ। कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा समस्या नहुने सरोकारवालाको बताउँछन्। थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्टले भने, ‘उपत्यकावासीलाई एक महिनासम्म पुग्ने गरी चामल, दाल र खाने तेलको मौज्दात छ।’ कोभिड–१९ बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिएर दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन सरकारले भने पूर्वतयारी थालेको छैन। सर्वोच्च अदालतले सोमबार दैनिक उपभोग्य वस्तुको व्यवस्थापनतर्फ पूर्वतयारी गर्न सरकारलाई आदेश दिएको थियो।

अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा चामल, दाल, खाने तेल, तरकारी, इन्धनलगायत पर्छन्।विभागीय मन्त्री लेखराज भट्ट उपत्यकाबाहिर र सचिव बैकुण्ठ अर्याल नेपाल–बंगलादेश व्यापार प्रबन्ध र कनेक्टिभिटीसम्बन्धी पाँचौं सचिवस्तरीय बैठकमा सहभागी हुन बंगलादेशमा छन्। ‘मन्त्री र सचिवज्यू बाहिर भएकाले तत्कालै पूर्वतयारी सुरु भएको छैन’, मन्त्रालयका एक अधिकारीले भने, ‘उहाँहरू आएपछि सरोकारवाला निकायसँग छलफल गरी आवश्यक रणनीति बनाउँछौं।’ मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन कुरेको छ। निजी क्षेत्रले पनि आन्तरिक रूपमा पूर्वतयारीका कुनै कार्य गरेको छैन।

थोक खाद्य किराना संघका अध्यक्ष देवेन्द्र भट्ट भने कोरोनाको जोखिम रहे पनि तत्काल खाद्यान्न आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्छन्। ‘जोखिमका विषयमा हामी पनि जानकार छौं’, भट्टले भने, ‘बिहीबारदेखि हामी पूर्वतयारीबारे छलफल सुरु गर्दै छौं। अहिल्यै आत्तिनु पर्ने अवस्था छैन। हामीसँग एक महिनालाई पुग्ने प्रमुख खाद्य पदार्थ मौज्दात छन्।’ काठमाडौं उपत्यकामा दैनिक चामल ८० ट्रक, दाल १२ ट्रक र खाने तेल २० ट्रकको माग छ। ती वस्तु भारतीय नाकामार्फत आयात भइरहेको छ। भारतीय नाका अहिलेकै अवस्थामा सञ्चालन भइरहे उपत्यकावासीलाई खाद्यान्न अभाव नहुने संघले जनाएको छ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार उपत्यकामा दैनिक एक हजार तीन सय टन हरियो तरकारी, एक सय ५० टन आलु र सोही परिमाणमा प्याजको माग छ। स्वदेश र भारतबाट आउने तरकारी आपूर्तिमा सहजता मिलाइएको घिमिरेले बताए। उनले भने, ‘कोरोना भाइरसको सम्भावित जोखिममा पनि उपत्यकामा हरियो तरकारी आपूर्ति हुन्छ।’ खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीसँग १७ हजार टन चामल मौज्दात रहेको जानकारी दिए। त्यस्तै दुई लाख क्विन्टल धानसमेत मौज्दात भएकाले चामल अभाव नहुने उनी बताउँछन्।

नेपाल आयल निगमले पनि इन्धन र खाना पकाउने ग्यास दैनिक आपूर्ति भइरहेकाले अभाव नहुने स्पष्ट पारेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार उपत्यकामा दैनिक डिजेल एक हजार किलोलिटर, पेट्रोल ६ सय किलोलिटर र खाना पकाउने ग्यास एक सय ५० टन खपत हुन्छ। ‘हामीले चाहिने परिमाणभन्दा बढी आपूर्ति गरिरहेका छौं’, गोइतले भने। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अत्यावश्यक वस्तु घरमा भण्डारण गर्न आवश्यक नरहेको बताए। विभागले दैनिक उपभोग्य वस्तुको कारोबार गर्ने निजी क्षेत्रसँग बिहीबार छलफल गर्ने भएको छ।

उपभोग्य वस्तुको कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने व्यापारी र समूहलाई कारवाहीको दायरामा ल्याउन पनि निजी क्षेत्रसँग छलफल गरिने महानिर्देशक सुवेदीले बताए। दैनिक आपूर्ति प्रणाली नियमित र सुलभ बनाउँदै पर्याप्त मात्रामा यी वस्तुको भण्डारण गर्र्न सरकारी निकायले ध्यान दिनुपर्ने बताउँदै उपभोक्तावादी ज्योति बानियाँ भन्छन्, ‘कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्ने समूहमाथि निगरानी गर्नेलगायतका विषयमा तत्कालै सरोकारवाला निकायसँग सहकार्य गरी रणनीति बनाएर कार्यान्वयन गर्नुपर्छ।’ अन्नपुर्णपोष्ट दैनिक