२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाकाे विस्तारित बैठकमा पार्टीको आगामी रणनीतिबारे छलफल हुँदै



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्व्पाको विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहास्थित चित्रसारीमा आजदेखि बैठक सुरु भएको हो ।

भोलिसम्म हुने सञ्चालन हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्नेछ ।

बैठक उदघाटन पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले गरेका छन् ।

बैठकमा पार्टीका कार्यवाहक सभापति अर्यालले राजनीतिक र अर्का उपसभापति डा.स्वर्णिम बाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् ।

यसैगरी महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक र सहमहामन्त्री विपिन आचार्यले उम्मेदवार चयनको विधी सम्बन्धी प्रतिवेदन पेस गर्ने तयारी गरेका छन् ।

बैठकमा पार्टी केन्द्रीय सदस्य, सचिवालय सदस्य, सल्लाहकार परिषद्का सदस्य, केन्द्रीय विभागका पदाधिकारी, प्रदेशका सचिवालय सदस्य, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, जिल्ला सभापति, विदेशमा रहेका पार्टी संगठनका पदाधिकारी तथा पालिकाका सभापतिहरूसहित ५१२ जना प्रतिनिधि सहभागी छन् ।

बैठकमा प्रदेश सभापतिहरूले प्रदेश भित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारेमा धारणा राख्नेछन् ।

बैठकमा पेस गरिएका प्रतिवेदनमाथि प्रतिनिधिहरूले सुझाव राख्ने र ती सुझावलाई समेत समेटेर परिमार्जन गर्नुपर्ने देखिए परिमार्जनसमेत विस्तारित बैठकले गर्ने छ ।

बैठकमा सो पार्टीले आगामी फागुनमा तोकेको महाधिवेशनका बारेमा पनि छलफल जनाइएको छ । फागुनमा निर्वाचन गर्ने सरकारको तयारीसँगै महाधिवेशन के गर्ने भन्ने बारेमा पनि निर्णय लिइने नेताहरूले जनाएका छन् ।

यसैगरी पार्टी संरचनाको गठन पुनर्गठन जस्ता विषयमा पनि छलफल हुने छ । वैकल्पिक राजनीतिक शक्ति निर्माणका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।




भर्खरै