७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

फुटको दलदलमा दलहरु

फुटको दलदलमा दलहरु
अ+ अ-

काठमाडौं । मुलुकका दुई ठूला राजनीतिक दलमा आज दुई अनौठा दृश्य देखिए । विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको बिद्रोही समूहले अलग्गै भेला मात्र आयोजना गरेन, आगामी १५ औँ महाधिवेशनको तालिका एकलौटी रुपमा सार्वजनिक गर्यो । उता विघटित संसदको तेस्रो ठूलो दल माओवादी केन्द्र भने औपचारिक रुपमै फुटेको छ ।

हुनत कांग्रेसमा गुटको जन्म अहिले भएको होइन तर विशेष महाधिवेशन गर्नुपर्छ भन्ने गुटले आफूलाई विशेष भन्न रुचाउँछ जसको नेतृत्व महामन्त्री गगन थापाले गरेका छन् ।

महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा जेन जी आन्दोलनमा कुटपिटमा घाइते भइ अस्पतालमा उपचाररत रहेकै बेला यता उनलाई हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर सुरु गरेका थिए । सोही समूहले अहिले पनि पार्टीको विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएको छ ।

तर कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वको संस्थापन पक्ष भने वैशाखमै नियमित महाधिवेशन गर्ने, अहिले विशेष महाधिवेशन नगर्ने अडानमा छ । तर त्यसलाई नमानेर गगन समूहले आजै विशेष भेलाको आयोजना मात्र गरेन महाधिवेशन पुसमै गर्नुपर्ने कार्यतालिका नै सार्वजनिक गर्यो ।

त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा नियमित महाधिवेशन नै गर्नुपर्ने अर्काे तालिका सार्वजनिक गरे । यता केन्द्रीय समिति जारी छ, उता गुटहरुले आगामी महाधिवेशनका लागि आआफ्ना कार्यतालिकाहरु सार्वजनिक गरिरहेका छन् ।

संस्थापन पक्ष भन्छ, आसन्न फागुन २१ को चुनावपछि महाधिवेशन गरौँ, तर इतर पक्ष अर्थात् शेखर कोइरालाको समूह भन्छ त्यसअगावै गरौँ । त्यतिमात्र नभएर गगन समूह भन्छ त्यो पनि होइन विशेष महाधिवेशन नै गरौँ । पहिला पार्टी सभापति शेरबहादुर देउवालाई कुनै पनि नविन निर्णयको बाधक देख्ने महामन्त्रीद्धयले अहिले उनले पार्टी नेतृत्व छोडिसक्दा पनि निकास निकाल्न सकिरहेका छैनन् ।

यसलाई धेरैले कांग्रेस पार्टी फुटको नजिक पुगेको पनि भन्न थालेका छन् । हुन पनि संकेत त्यस्तै देखिँदैछ । आजैको केन्द्रीय समिति बैठकमा पार्टीका नेता कृष्ण सिटौलाले महामन्त्री गगन थापामाथि गरेको आक्रमणले पनि त्यस्तै संकेत गर्दछ । सिटौलाले थापालाई पार्टीकै नेता र पार्टीको बदनाम गर्नका लागि फेसबुकको सचिवालय खुलेको बताएका थिए । त्यसको थापाले प्रतिवाद गरेका थिए ।

माओवादी केन्द्र र नेकपा एस फुटको संघार

यता अर्काे ठूलो पार्टी माओवादी केन्द्र त फुटको संघारमा पुगेको मात्र नभएर औपचारिक रुपमै फुटेको छ । माधव नेपाल नेतृत्वको नेकपा एससँग पार्टी एकता गर्ने निर्णय गरेसँगै सो पार्टीबाट उपमहासचिव जनार्दन शर्मा र अर्का नेता राम कार्कीले विद्रोह गरेका छन् ।

उनीहरुले सो पार्टी एकीकरणमा सामेल नहुने स्पष्ट गर्दै प्रगतिशील अभियान नेपाल नामको अभियानमा संलग्न भएको घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष प्रचण्ड र माधव नेपाल नेतृत्वको पार्टीको एकताको बैठक बसिरहेका बेला यता जनार्दन शर्माले पत्रकार सम्मेलनबाट सो पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

नेकपा एसको हालत पनि त्यस्तै छ । माधव नेपालको नेतृत्वमा केही नेता त आए तर अरु केही भने नेकपा एमालेमै फर्कने भनेर बसिरहेका छन् । अनि त्यसमा पनि नअटेकाहरुले अलग्गै पार्टी खोल्ने घोषणा पनि गरिरहेका छन् ।

सो पार्टीका झलनाथ खनाल, घनश्याम भुसाल, रामकुमारी झाँक्रीहरु को कता जाने भन्ने स्पष्ट भइसकेको त छैन तर पनि माओवादीमा बिलय हुनचाहिँ नजाने अडानमा छन् । नेकपा एसको यो पहिरोले अरु पनि धेरै पार्टीमा यस्तै फुटको संकेत गरिरहेको छ ।

राप्रपा भित्र पनि पहिरो

आजको यस्तै दृश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पनि देखिएको थियो । सो पार्टीका महामन्त्री धवल शम्शेर राणाले आफू पक्षीय भेला बोलाएका थिए । महामन्त्री राणाले आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको भेला बोलाएर पार्टी नेतृत्वका कारण आफूहरु सँगसँगै अघि बढ्न नसक्ने आशय व्यक्त गरेका थिए ।

महामन्त्री राणाले नियमित महाधिवेशन मंसिर १७ गतेभित्रै गर्नुपर्ने बताउँदै आएका छन् तर अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला र प्रदेश अधिवेशन गर्न नै समय मंसिर मसान्तसम्मको दिएका छन् । अध्यक्ष लिङ्देनले अब बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल गर्ने बताउँदै आएका छन् । तर राणाले भने यसलाई जालझेल भन्दै पार्टी अध्यक्षको विरोध गर्दै आएका छन् ।

जेनजी आन्दोलनपछि मुलुकका ठूला भनिएका राजनीतिक दलहरुमा फुटको प्रतिस्पर्धा नै चल्ने देखिएको छ । आन्दोलनका कारण देशको राजनीतिक प्रणाली र संविधानमाथि चुनाैती आएकै थियो, यसले राजनीतिक दलहरुको आन्तरिक राजनीतिमा पनि पहिरो ल्याउने संकेत देखिएको छ ।