८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतिक्षालय’ देशभर विस्तार गर्ने लक्ष्य

कलंकीमा सुविधा सम्पन्न ‘यात्रु प्रतिक्षालय’ देशभर विस्तार गर्ने लक्ष्य
अ+ अ-

काठमाडौँ । कलंकीमा नेपालकै पहिलोपटक सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा आएको छ । देशको जुनसुकै ठाउँका लागि पनि टिकट काट्न सकिने अनलाइन प्लेटफर्म बससेवा डटकमले यात्रुहरुका लागि सुविधासम्पन्न प्रतिक्षालय सञ्चालनमा ल्याएसँग यात्रुहरुलाई गाडी कुरेर बाटोमा बस्नुपर्ने बाध्यता कम भएको छ । प्रतिक्षालयमा ७० देखि १ सय जनासम्म यात्रुहरु विश्राम गर्न कुर्सीहरु राखिएको छ ।

यात्रुहरुका लागि फ्री वाइफाईको व्यवस्था गरिएको छ भने चिसो, तातोपानीको समेत व्यवस्था गरिएको छ । बस सेवा डटकमका बिजनेस हेड डेनिसजंग थापाले बसको टिकट काट्ने यात्रुलाई फोकस गरेर नेपालमै पहिलो पल्ट सुविधा सम्पन्न यात्रु प्रतिक्षालय खोलिएको बताउनु भयो । उहाँकाअनुसार बस सेवा डटकमले सोही प्रतिक्षालयबाट पनि अनलाइन टिकटको व्यवस्था गरेर यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरेको छ ।

बिजनेस हेड डेनिसजंग थापाले भन्नुभयो–‘बसको टिकट काटेर यात्रु प्रतिक्षालयमा मज्जाले यात्रु प्रतिक्षालयमा बस्न सकिन्छ । बाइफाइ, चिया, तोतो चिसो पानीको व्यवस्था पनि गरेका छौं । बसपार्कदेखि कलंकीसम्म गाडी नआउञ्जेल मज्जाले यहाँ बस्न पाइन्छ । यहाँ ७० देखि १०० जना यात्रु प्रतिक्षालयमा बस्न सक्नुहुन्छ । बेलुका र बिहानमा यात्रुहरुको चाप प्रतिक्षालयमा हुने गरेको छ ।’

उहाँकाअनुसार आगामी दिनमा कलंकीमा मात्रै नभएर देशका विभिन्न बसपार्क नजिक यस्ता खाले प्रतिक्षालय बनाउने योजना बस सेवाको रहेको छ । यात्रुहरुलाई बस चढ्ने र झर्ने बेला धेरै नै दुःख देखेर आफूहरुले कलंकीसहित अन्य ठाउँमा समेत सुविधासम्पन्न प्रतिक्षालय खोल्न प्ररित गरेको थापाले बताउनु भयो । कलंकीको प्रतिक्षालयमा एसीको समेत व्यवस्था गरिएको उहाँको भनाइ छ । प्रतिक्षालयमा ४÷५ जना कर्मचारीहरु समेत छन् । उनीहरुले यात्रुको समानको समेत सुरक्षा गर्ने गरेका छन् ।’ 

कलंकीको सुविधासम्पन्न प्रतिक्षालयमा बसको यात्रु बालकृष्ण पाण्डेले यात्रु प्रतिक्षालयले धेरै सहज बनाएको बताउनु भयो । उहाँकाअनुसार पहिला काठमाडौं आउँदा कलंकीमा धेरै दुःख पाइने समस्या रहेकोमा अहिले अञ्जानको ठाउँमा आउदा पनि यात्रु प्रतिक्षालयकै कारण केही सहज महसुश हुने बताउनु हुन्छ ।

यात्रु पाण्डेले भन्नुभयो–‘बससेवाले सञ्चालन गरेको यात्रु प्रतिक्षालय एकदमै राम्रो लाग्यो । मैले कपिलवस्तुबाट टिकट काटेर आउदाँ पनि बससेवा अनलाइनबाटै काटेको थिए, काठमाडौंमा झर्दा पनि यसैको प्रतिक्षालयमा बस्न पाए । पहिले कलंकीमा झर्दा बाटोमा उभिनुपर्ने समस्या थियो । प्रतिक्षालय बनेपछि यहाँ बस्न पाइयो । धेरै आनन्द आयो । धेरै खुशी समेत लाग्यो ।’ 

बस सेवा डटकमकाअनुसार दैनिक सयौँले यो प्लेटफर्ममार्फत टिकट काटेर यात्रा गरिरहेका छन् । जसकारण यात्रु ठगिने समस्या हटेको छ भने लामो लाइनमा बस्नुपर्ने झन्झट पनिको कमी भएको छ ।