३१ श्रावण २०८३, आईतवार
,
Latest
न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा



अ+ अ-

काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गर्दै शहीदप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् । उनले लेखेका छन्, “जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।”

चौधरीले आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै पनि पुनःनिर्माणका लागि दृढ संकल्प व्यक्त गरेका छन् ।

उनका अनुसार, “उक्त आन्दोलनका क्रममा हाम्रो निजी सम्पत्ति र उद्योगमा ठुलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनः निर्माणको यात्रामा अघि बढेका छौँ।”

उनका अनुसार, सीजीले शहीद परिवारहरूसँग प्रत्यक्ष सम्पर्क सुरु गरिसकेको छ । साथै, आवश्यक विवरणका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।