३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए

भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए
अ+ अ-

काठमाडौं । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने पाँच बैंकले ब्याजदर घटाएका छन्।

भदौका लागि १५ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। पाँच बैंकले भने साउनको तुलनामा ब्याजदर घटाएका हुन्। बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.१३ प्रतिशतमा झरेको छ। यो साउनको औसत ब्याजदरभन्दा ०.०३१५ प्रतिशत बिन्दुले कम हो।

ब्याजदर घटाउने बैंकमा नेपाल बैंकले ४.१५ प्रतिशत कायम गरेको छ। त्यस्तै, सिटिजन्स बैंकले ३.८५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत तथा कुमारी बैंक र सिद्धार्थ बैंकले समान ३.७६ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

अर्कोतर्फ, साउनकै ब्याजदरलाई निरन्तरता दिने बैंकमध्ये नबिल बैंक र प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले ४.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।

कृषि विकास बैंकको ब्याजदर ४.१५ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.१ प्रतिशत र एभरेस्ट बैंकको ४.०५ प्रतिशत रहेको छ। हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यस्तै, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक र ग्लोबल आईएमई बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा ४ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरूले निक्षेपको ब्याजदरमा ठूलो परिवर्तन नगरेसँगै भदौ महिनामा पनि वाणिज्य बैंकहरूबीच मुद्दती निक्षेपको ब्याजदरमा सामान्य अन्तर मात्रै देखिएको छ।