३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत

परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत
file photo
अ+ अ-

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले परिवर्तनको खोजीमा अघि बढेको जनमत कम्युनिष्ट दलहरूभन्दा टाढिँदै जानुको कारण पहिचान गर्नुपर्ने बताउनुभयो ।

बस्नेतले जनताको असन्तुष्टि र आवश्यकतालाई सम्बोधन गर्ने विचार, राजनीतिक संस्कृति र प्रणालीबारेको बहस कमजोर हुँदै जाँदा समस्याको समाधानको जिम्मेवारी व्यक्तिकेन्द्रित हुन थालेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार कम्युनिष्ट पार्टीको सफलता र असफलताको श्रेय तथा जिम्मेवारी कुनै एक व्यक्तिलाई दिने वा एक व्यक्तिले मात्र लिने प्रवृत्तिले आन्दोलनलाई कमजोर बनाएको छ ।

उहाँले विश्वभर नवउदारवादको प्रभाव बढ्दै गए पनि त्यसले सामाजिक तथा आर्थिक असमानता र विभेद न्यूनीकरण गर्न नसकेको दाबी गर्नुभयो । पछिल्ला सामाजिक तथा प्राकृतिक घटनाक्रमको समाधान गर्न पनि नवउदारवादी व्यवस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको उहाँको भनाइ थियो ।

विश्वको वर्तमान परिस्थितिले मुलुकलाई वामपन्थी वा दक्षिणपन्थीमध्ये कुनै एक बाटो रोज्नुपर्ने अवस्था सिर्जना गरिरहेको उल्लेख गर्दै बस्नेतले वामपन्थी आन्दोलनले जनताको असन्तुष्टि र आवश्यकतालाई नयाँ दिशा दिन विचार, राजनीति, संस्कृति र प्रणालीमाथि गम्भीर बहस गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “परिवर्तनको खोजीमा हिँडेको जनअभिमत हामीबाट धेरै पर पुग्ने स्थिति किन र कसरी निर्माण भयो ? त्यसलाई सही दिशामा कसरी फर्काउन सकिन्छ ? आजको हाम्रो बहसको सार यहीँनेर आउनुपर्दछ ।”

बस्नेतले कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन विगतका राजनीतिक अभ्यासहरूको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले २०६३ देखि २०८२ सालसम्म कम्युनिष्ट दलहरूले मुलुकको नेतृत्व गर्ने अवसर पाए पनि आम नागरिकलाई पर्याप्त रूपमा विश्वस्त बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनको पुनर्संरचना र सुदृढीकरणका लागि विगतका कमजोरीको समीक्षा गर्दै जनताको आवश्यकता र असन्तुष्टिलाई सम्बोधन गर्ने नयाँ विचार, राजनीतिक संस्कार र प्रणाली निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।