२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र संगठन सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार काठमाडौंमा संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापन गर्दै नेता कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै संगठनलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो ।

भेलाले पारित गरेका पाँचबुँदे प्रस्तावप्रति ऐक्यबद्धता जनाउँदै उहाँले सहभागीहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । पार्टीको संगठन सुदृढीकरणका लागि आगामी दिनमा पनि यस्ता सांगठनिक गतिविधिलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेता कोइरालाले राष्ट्रिय भेला एकताका लागि आयोजना गरिएको उल्लेख गर्दै यही एकताका कारण आफूहरू एकै ठाउँमा उभिन सकेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो सम्मेलन एकताको लागि आयोजना गरिएको हो । यही एकताका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ र भोलिका दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”

आफूलाई भेलाको संयोजकको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै कोइरालाले सम्मेलन सफल हुनुमा आफ्नोभन्दा सहभागीहरूको सहभागिता, सहमति र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

आवश्यकताअनुसार आगामी दिनमा यस्ता भेला काठमाडौंमा मात्र सीमित नराखी स्थानीय तहसम्मै पुगेर आयोजना गर्न सकिने उहाँले बताउनुभयो । पार्टीको सांगठनिक गतिविधिलाई तल्लो तहसम्म विस्तार गर्दै कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो ।