११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन

बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन
अ अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदूरदर्शी र अनुभवहीन शक्तिका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै सरकार सञ्चालनका लागि अनुभव, ज्ञान र दक्षता आवश्यक पर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले नयाँ भनिएका राजनीतिक शक्तिसँग शासन सञ्चालन गर्ने न्यूनतम दक्षतासमेत नभएको टिप्पणी गर्नुभयो । अनुभवहीन सरकारले आफ्नो क्षमताअनुसार जे गर्न सक्थ्यो, त्यही गरिरहेको उहाँको भनाइ थियो ।

उहाँले अनुभव र ज्ञान नभएका व्यक्तिलाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा अपेक्षित परिणाम आउन नसक्ने बताउँदै खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिँदा जस्तो अवस्था सिर्जना हुने टिप्पणी गर्नुभयो । शासन सञ्चालन पनि सीप, अनुभव र ज्ञानको विषय भएकाले त्यसको अभावमा देशले क्षति व्यहोर्नुपर्ने उहाँले बताउनुभयो ।

ओलीले राष्ट्रिय राजनीति र प्रशासनमा ‘उरन्ठेउला’ व्यक्तिहरूलाई जिम्मेवारी दिइएका कारण बेथिति बढेको आरोप लगाउनुभयो । सक्षम र अनुभवी नेतृत्वको अभावमा मुलुकको अवस्था बिग्रँदै गएको उहाँको दाबी थियो ।

संविधानको रक्षाको विषय उठाउँदै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको आरोप लगाउनुभयो । प्रतिनिधि सभा विघटन गरी असंवैधानिक ढंगले निर्वाचनको प्रक्रिया अघि बढाइएको दाबी गर्दै उहाँले प्रतिनिधि सभाको कार्यकाल बाँकी हुँदाहुँदै किन विघटन गरियो भन्ने प्रश्नको जवाफ जनताले खोज्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ । शासन चलाउन पनि अनुभव, क्षमता र ज्ञान चाहिन्छ । जानेकाले गर्ने ठाउँमा अनुभवहीन व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आउँछ ।”

अध्यक्ष ओलीले संविधानलाई सही बाटोमा फर्काउनुपर्नेमा जोड दिँदै मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको बताउनुभयो । उहाँले संविधानको रक्षा र देशको विकासका लागि सचेत भएर भूमिका निर्वाह गर्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।