३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको पुनरागमन जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराएको हो । एक गोलले पछि परेको आर्सनलले पुनरागमन जित निकालेको हो ।

खेलको ३४ औं मिनेटमा निक वोल्टमेडले गोल गर्दै घरेलु टोलि न्युक्यासललाई सुरुवाती अग्रता दिलाए । ८४ औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा गाब्रियलले गोल गर्दै आर्सनललाई महत्वपूर्ण जित दिलाए । मार्टिन ओडेगार्डले कर्नरबाट उपलब्ध गराएको पासलाई गाब्रियलले हेडरमार्फत गोल गर्दै न्युक्यासलका फ्यानलाई स्तब्ध गराए । आर्सनललाई उक्त कर्नरनै गोल गर्ने अन्तिम अवसर थियो ।

जितसँगै आर्सनल ६ खेलबाट १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । न्युक्यासल ६ अंकका साथ तालिकाको १५ औं स्थानमा छ ।




भर्खरै