१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश



file photo
अ+ अ-

काठमाडौं। उच्च अदालत पाटनले व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंले दिएको थुनामा पठाउने अघिल्लो आदेश उल्ट्याउँदै उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

तीनकुने कुटपिट घटनामा अदालतले प्रसाईंलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न भनेको छ। यस्तै, बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले २५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

बैंकिङ मुद्दामा प्रसाईंमाथि १८ करोड ४४ लाख रुपैयाँ बराबरको आर्थिक बिगो लागेको आरोप लगाइएको छ। अब उनी दुबै मुद्दामा धरौटी बुझाएर रिहा हुने कानुनी बाटो खुलेको छ।