२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधन विधेयक संसदमा पेश



अ+ अ-

काठमाडौं । संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । 

कानून न्याय तथा संसदीय मामिाला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्नुभएको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा संविधानको अनुसूची ३ मा रहेको निशान छाममा राख्नुपर्ने भएपछि संविधान संशोधन गर्न संसदमा विधेयक पेश भएको हो । प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन विधेयक पेश गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पास भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गर्नुभएको हो । सांसदहरुले संविधान संशोधनको उक्त प्रस्तावमा कुनैपनि विरोधको सूचना राखेका थिएनन् ।

जेठ १४ गतेको संसदको बैठकको सम्भावित कार्यसूचीमा संविधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम समावेस गरिएको भएपनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो । सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार पार्टीको केन्द्रीय कार्यसमितिबाट संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि सरकारले आज संसदमा विधेयक पेश गरेको हो ।