२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

पोखरा । नेपालमा थप तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाका २ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको हो । 

गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण देखिएको हो । संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना र लमजुङका एक जना डिस्चार्ज भइसकेका छन् ।