५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सिंहद्वारा रास्वपाको हस्ताक्षर अभियानमा ऐक्यवद्धता



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

सिंह रास्वपाको कार्यालय वनस्थली पुगेर रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । लामिछानेको पक्षमा देशभरबाट २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको रास्वपाले जनाएको छ ।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई ‘राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको’ भन्दै आएको छ । त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाको भनाई छ ।

पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए । त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो ।