८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहन्छः मन्त्री यादव

खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहन्छः मन्त्री यादव
अ+ अ-

तानसेन । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताउनुभएको छ । आज पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले खानेपानीमा केही प्रतिशत जनताबाट कर लगाइँदै आएकामा उक्त कर नलाग्ने जानकारी दिनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “जनताको पानी सरकारको लगानी’ अवधारणाअन्तर्गत लिफ्टिङ खानेपानीमा लाग्दै आएको कर अब लाग्दैन । सङ्घीय सरकारबाट ८५ प्रतिशत र प्रदेश तथा स्थानीय सरकारबाट १५ प्रतिशत आर्थिक भार व्यहोर्ने गरी हामीले व्यवस्था गरेका छौँ ।” उहाँले अर्बौं लगानीमा बनाइएका सडक, पुलमार्फत जनताबाट कुनै पनि महसुल नलिने तर खानेपानीजस्तो आधारभूत आवश्यकतामा महसुल लिने सान्दर्भिक नहुने धारणा राख्नुभयो ।

खानेपानी जनताको आधारभूत आवश्यकता भएकाले सरकारले शत्प्रतिशत आर्थिक भार व्यहोर्ने गरी उक्त व्यवस्था हटाइएको मन्त्री यादवले बताउनुभयो । “देशभरिका ४२ हजार उपभोक्ता समितिलाई कसरी प्रभावकारी कार्यमा लगाउन सकिन्छ भनेर मन्त्रालय प्रयासरत छ । हामीले उपभोक्ता समितिसँग सहकार्य गरी काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “आमनेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी हो । सोही अनुसार हामीले काम गरिरहेका छौँ ।”

खानेपानी र सरसफाइ देशको प्राथमिक आवश्यकता मात्र नभई दिगो विकासको आधारभूत स्तम्भ पनि भएको भन्दै मन्त्री यादवले स्थानीयस्तरमा उपभोक्ता समिति र जनताको समर्पणका कारण नेपाललाई खानेपानी व्यवस्थापन तथा सरसफाइको क्षेत्रमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले जलवायु परिवर्तन तथा मौसमको फेरबदलले गर्दा पानीको स्रोतहरू सुक्दै जानुका साथै पानीको सतह पनि घट्दै गइरहेको सन्दर्भमा दिगो खानेपानीका लागि स्रोत, मूल तथा जलाधार संरक्षण गर्नु अत्यावश्यक रहेका बताउनुभयो । खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ मन्त्रालय केन्द्रित रहेको उहाँको भनाइ छ ।

“तानसेनमा ५० लाख क्षमताको ट्याङ्की निर्माणका लागि बजेटको व्यवस्था हुन्छ”, मन्त्री यादवले भन्नुभयो । तानसेन खानेपानी उपभोक्ता समितिले पानी ‘रिजर्भ’का लागि अगाडि सारेको ५० लाख क्षमताको ट्याङ्की निर्माणसम्बन्धी योजनाका लागि आवश्यक बजेटको व्यवस्था गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

ट्याङ्की निर्माणका लागि रु ३५ करोड बजेट आवश्यक पर्ने भएकाले आर्थिक वर्ष २०८२र८३ को बजेटमा रु १० करोड विनियोजन गरिएको जनाउँदै मन्त्री यादवले दशैँपछि बाँकी बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादव भन्नुभयो, “खानेपानीको लागि कुनै पनि समस्या हुन दिँदैनौँ । आवश्यक स्रोत र बजेटको सुनिश्चिततामार्फत स्वच्छ खानेपानीको पहुँच विस्तार गर्दै जानेछौँ ।”

कार्यक्रममा सङ्घीय सांसद ठाकुर गैर र लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले तानसेनको खानेपानीसम्बन्धी समस्या समाधानका लागि प्रदेश र सङ्घीय सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको थियो ।