८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने

सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट समाचार लेख्नेलाई पुरस्कृत गरिने
अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी विषयमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई सम्मान गरिने भएको छ ।

सञ्चारकर्मीहरूका लागि आयोजित सामाजिक सुरक्षा तथा विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण समापनका अवसरमा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले यससम्बन्धी विषयमा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई प्रत्येक वर्ष पुरस्कार दिने घोषणा गर्नुभयो । शुक्रबारदेखि सुरु भएको अभिमुखीकरण आज समापन भएको हो ।

कार्यक्रमको शुभारम्भ गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले ‘नेपालको सामाजिक सुरक्षाको समग्र अवस्था’ का विषयमा प्रस्तुति दिनुभएको थियो । यसका सकारात्मक प्रभाव धेरै रहेकाले सामाजिक सुरक्षाका कमी कमजोरी सच्याउँदै जानुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक सानुबाबु अधिकारीले ‘गैह्र योगदानमा आधारित सामाजिक सुरक्षा, कानुनी प्रावधान र तथ्याङ्क व्यवस्थापन’ विषयमा पत्रकारलाई जानकारी गराउनुभएको थियो ।

सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले ‘योगदानमा आधारित सामाजिक सुरक्षा हालको अवस्था र नीतिगत प्रावधान’, सेभ द चिल्ड्रेनका हेमन्त दङ्गालले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा अवधारणा’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङले ‘विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड’, पिआइएनका कार्यक्रम व्यवस्थापक नवीन श्रेष्ठले ‘विपद् वित्तीय व्यवस्थापन’ र कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेल र सेभ द चिल्ड्रेनका अरुण राईले ‘सञ्चारको भूमिकाः सामाजिक सुरक्षा अधिकारको प्रवर्द्धन, प्रमाण सङ्कलन र नीति प्रभाव’ विषयमा प्रस्तुति दिनुभएको थियो ।

नेपालमा प्रत्येक आर्थिक वर्षमा सामाजिक सुरक्षा शीर्षकमा रु दुई खर्ब ५० अर्ब बजेट खर्च हुने गरेको जनाइएको छ ।

सामाजिक सुरक्षा क्षेत्रमा भएका समस्या समाधानका लागि सञ्चारकर्मीले निरन्तर रूपमा समाचार सामग्री सम्प्रेषण गर्नुपर्नेमा सबै प्रस्तोताहरूले जोड दिनुभएको थियो ।