५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल—भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँध बाधिँदैछ रे, सरकारको जवाफ चाहियो’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले नेपाल—भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउनु भयो । उहाँले सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने जिकिर गर्नुभयो । यसबारे सबै देशभक्तहरु सचेत हुन जरुरी रहेको बताउनु भयो ।

कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने बताउनु भयो । यो नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताउनु भयो । नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने बताउनु भयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘अहिले पनि नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन झनझन खतरा बढेर गइरहेको छ । अहिले मैले के सुनिरहेको छु भन्दा सुपुर्दगी सन्धी नेपाल र भारतका बीचमा हुँदैछ । सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेछ । यो कुरामा नेपालका सबै देशभक्तहरु सचेत हुन जरुरी छ । कोशी उच्चबाँधको कुरा आइरहेको छ । यो कुरा कसरी आउँदैछ भन्नेकुरा नेपाली जनताले पहिला थाहा पाउनुपर्छ । नेपालका सबै राजनीतिक दलहरुले पनि थाहा पाउनुपर्छ । नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन ? हामीले कोही सम्झौता, शारदा सम्झौता, गण्डक सम्झौता ग¥यौँ, पछि टनकपुर सम्झौता ग¥यौँ, ति कुनैपनि नेपालको राष्ट्रिय हितमा भएनन् । यसो हुनाले नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्नेकुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्छ ।’

सम्मानित नेता खनालले नागरिकता विधेयकमा कसैलाई नागरिकता दिनुप¥यो भने त्यो नागरिकको आमाको नाम भएपनि पुग्ने र बाबुको नाम नराखेपनि हुने भन्नेकुराको व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाउनु भयो । यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिव ४० हजार मानिसलाई नागरिकता दिनु रहेको बताउनु भयो ।