७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टरमा जो रुटले बनाएका ५ रेकर्डहरू



अ+ अ-

काठमाडौँ । शुक्रबार म्यानचेस्टर टेस्टको तेस्रो दिन जो रुटले ५ रेकर्ड बनाए । उनी टेस्टमा सबैभन्दा धेरै रन बनाउने विश्वका दोस्रो ब्याट्सम्यान बने ।

उनले अष्ट्रेलियाका रिकी पोन्टिङ, दक्षिण अफ्रिकाका ज्याक कालिस र भारतका राहुल द्रविडलाई पछि पारे ।

रुटले आफ्नो ३८ औं शतक पनि बनाए । उनी भारत विरुद्ध सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान पनि बने । शुक्रबार, इंग्लिस टोलीले दिनको खेल समाप्तिसम्ममा ५४४–७ रन बनाएको थियो । भारतको पहिलो इनिङ्सको ३५८ रनको स्कोरको आधारमा, इङ्ग्ल्याण्डले १८६ रनको अग्रता लिएको छ ।

रुटका रेकर्डहरुः
टेस्टमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी
जो रुट टेस्ट क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनी अब भारतीय महान खेलाडी सचिन तेन्दुलकरको १५,९२१ रनको विश्व रेकर्डभन्दा मात्र पछि छन् । रुटले तेस्रो दिन रिकी पोन्टिङ, ज्याक कालिस र राहुल द्रविडलाई पछि पारे । रुटले १३,४०९ रन बनाएका छन् ।

रुट भारतविरुद्ध टेस्टमा सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान
जो रुट भारत विरुद्ध सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यान पनि बने । उनको नाममा अब १२ खेलमा १२ शतक छ । उनले अष्ट्रेलियाका स्टिभ स्मिथलाई पछि पारे, जसले ११ शतक बनाएका छन् ।

३८ औं शतक प्रहार
जो रुटले चौका प्रहार गर्दै आफ्नो टेस्ट करियरको ३८ औं शतक बनाए । उनले सबैभन्दा धेरै शतक बनाउने ब्याट्सम्यानको सूचीमा श्रीलंकाका दिग्गज कुमार संगाकारा (३८ शतक) को बराबरी गरेका छन् ।

म्यानचेस्टरमा १००० रन बनाउने पहिलो खेलाडी
इंग्लिस ब्याट्सम्यान जो रुटले म्यानचेस्टरमा एक हजार रन पूरा गरे । यसका लागि उनले २० इनिङ्सको सामना गरे । रुटपछि डेनिस कम्प्टनको नाम सूचीमा छ । ओल्ड ट्राफोर्डमा उनको ८१८ रन छ ।

टेस्टमा दोस्रो सर्वाधिक ५० भन्दा बढी स्कोर गर्ने खेलाडी
जो रुट टेस्ट क्रिकेटमा ५० भन्दा बढी स्कोर गर्ने दोस्रो ब्याट्सम्यान बने । उनले यो उपलब्धि १०४ औं पटक हासिल गरे । रुटले रिकी पोन्टिङ र ज्याक कालिसलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । सूचीमा सचिन तेन्दुलकर ११९ का साथ शीर्षस्थानमा छन् । यस्तै पोन्टिङ र कालिसले १०३ पटक ५० भन्दा बढी रन बनाएका छन् ।