८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छः सांसद आले

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छः सांसद आले
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताउनु भयो । उहाँले ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गर्नुभयो । सार्वजनिक लेखा समिति कमजोर भएको त होइन भन्दै प्रश्न गर्नुभयो । १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पुर्याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीले फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र हामीलाई उपलब्ध भएको छ । २०१७ को डिजीले घरमा लगेर राखेको छ की हामीलाई थाहा छैन । अहिलेसम्म हामीले डकुमेण्ट माग्दा पर्याप्त डकुमेण्ट पाएका छैनौँ । ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट पाएका छैनौँ । कतै हाम्रो समिति धेरै कमजोर त भएन । यति बलियो सार्वजनिक लेखा समिति किन दिनदिनै कमजोर हुँदैछ ? यहाँ मूल्यवृद्धिका कुरा गरे कसै कसैले, बचाउका कुरा पनि गरे । म चुनौतिका साथ भन्न चाहन्छु, १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पुर्याइएको छ । ७१ मिलियन त्यहाँ खुलम खुला भ्रष्टाचार भएको छ । हामीले ५० लाख रुपैयाँ परदेशबाट गाउँपालिकाले बजेट हाल्दा सार्वजनिक खरिद ऐनअन्तर्गत ठेक्का गर्नुपर्छ । तर यहाँ १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको छ ।’

सांसद आलेले भ्रष्टाचारको टे«लर पोखरामा देखिएको र अब फिल्म भैरहवामा हेर्नुपर्ने बताउनु भयो ।