१३ चैत्र २०८१, बुधबार
March 26, 2025 Wednesday

25.87°C

काठमाडौं

25.87°C

Kathmandu

Feels-like: 25.01

Wind: 5.66

Humidity: 19

Latest
सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा व्यवसायीले सिमेन्ट र डन्डीको मूल्य वृद्धिको औचित्य पुष्टि गर्नुपर्छः महानिर्देशक दाहाल सिंहदरबारबाट म निस्किने बित्तिकै कुलमान हटाइयो, एक-दुई दिन पर्खिएको भएपनि हुन्थ्योः प्रचण्ड नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन: प्रधानमन्त्री आईपीएलमा म्याक्सवेलको नाममा लज्जास्पद रेकर्ड उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय सन् २०३० सम्ममा छ लाख मेट्रिक टन कोक प्लास्टिक फोहोर जल क्षेत्रमा हुने: अध्ययन सीएम योगी आदित्यनाथको कथामा फिल्म प्रतिपक्षको विरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित आशा र विश्वास जगाउँदै ‘पोखरा–छेन्दु’ अन्तरराष्ट्रिय उडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औं सिजनको पहिलो डबल हेडरको पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दैछन् । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३ः४५ बजेबाट सुरु हुनेछ ।

हैदरावादमा दुई टोलीबीच हालसम्म ५ खेल खेलिएको छ । जसमा, हैदराबादले ४ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ । गत सिजन क्वालिफायर–२ मा हैदरावादले राजस्थानलाई हराउँदै बाहिरिएको थियो ।

हेड-टु-हेड

हैदरावाद र राजस्थानको हेड टु हेडमा कडा प्रतिस्पर्धा भएको छ। आईपीएलमा दुई टोलीबीच हालसम्म २० वटा खेल भएका छन् । जसमा सनराइजर्स हैदरावादले ११ पटक र राजस्थान रोयल्सले ९ पटक जितेको छ । दुवैले एक–एक पटक उपाधि पनि जितेका छन् ।

हैदरावादको ब्याटिङ क्रम सबैभन्दा बलियो

२०१६ च्याम्पियन हैदरावादले ओपनर ट्राभिस हेड र अभिषेक शर्माको साथ शीर्ष ५ मा ब्याट्सम्यानहरू छन् । नितिश कुमार रेड्डी जस्ता उत्कृष्ट अलराउन्डर छन् । हेनरिक क्लासेन र इशान किशनमा मिडल अर्डरका ब्याट्सम्यान पनि छन् । बलिङलाई बलियो बनाएका हर्षल पटेल, प्याट कमिन्स र मोहम्मद शामी छन् ।

राजस्थानमा आर्चर, हसरंगा, सन्दीप जस्ता ठूला बलर छन्

राजस्थानको शीर्ष क्रममा यशस्वी जैसवाल, शिमरोन हेटमायर र रायन पराग रहेका छन्। नितिश राणा र शुभम दुबेले ब्याटिङलाई अझ बलियो बनाउने छन् । वानिन्दु हसरंगा, आकाश मधवाल, महिश टेकशाना, जोफ्रा आर्चर, फजलहक फारुकी र सन्दीप शर्माले बलिङ विभागलाई बलियो बनाउँनेछन्।

सिजनको पहिलो ३ खेलमा राजस्थानको कप्तानी रियान परागले गर्नेछन् । नियमित कप्तान सञ्जु सामसन चोटका कारण फिट नभएपछि रियानले कप्तानको जिम्मेवारी पाएका हुन् ।

पिच रिपोर्ट

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम, उप्पल, हैदराबादको पिच ब्याटिङ मैत्री छ । यो मैदानमा हाई स्कोरिङ खेलहरू देखिएका छन्।

सम्भावित प्लेईङ–११ः

सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकीपर), अभिनव मनोहर, अनिकेत वर्मा, कमिन्दु मेन्डिसरएडम जाम्पा, हर्षल पटेल, मोहम्मद शामी, राहुल चाहर।

राजस्थान रोयल्सः रियान पराग (कप्तान), यशस्वी जैसवाल, सञ्जु सैमसन, नितिश राना, शिम्रोन हेटमायर, ध्रुव जुरेल (विकेटकिपर), वानिन्दु हसरंगा, जोफ्रा आर्चर, आकाश मधवाल, सन्दीप शर्मा, महिश तिक्षाना र फजलहक फारुकी।