२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar झोलुङ्गे पुलमा क्षतिपश्चात् पठनपाठन प्रभावित News Polar बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति News Polar सुन्तलामा रोग लागेपछि किसान चिन्तामा News Polar बेनी–जोमसोम–कोरला सडक : मर्मत जारी News Polar अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गा बीच अमेरिकामा भेटवार्ता News Polar जमुनाहा नाकामा यात्रु सहायता कक्ष News Polar बैंकिङ कसुरमा फरार रहेका एक पक्राउ News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र

सत्ता पक्ष र प्रतिपक्षको किचलो

सत्ता पक्ष र प्रतिपक्षको किचलो
अ अ+ अ-

काठमाडौं । विश्वभर फैलिइरहेको कोरोना भाइरसको संक्रमणले नेपाल प्रभावित बनिरहेको छ । कोराना नियन्त्रण रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने सरकार आफ्नै दल नेकपाको कारण अप्ठ्यारोमा परेको छ । कोरोनासँगै शुरु भएको सत्तारुढ दल नेकपाको विवाद अहिले उत्कर्षमा पुगेपछि संवादहीनताको अवस्था छ । विगत डेढ महिनादेखि जारी विवाद समाधान गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक भएको वार्ता विफल भएपछि अहिले संवाद नै टुटेको छ । पार्टीभित्रको आन्तरिक विवादमा बढी समय खर्च हुँदा सरकारको कामसमेत प्रभावकारी बन्न सकेको छैन । पछिल्लो समयमा प्रधानमन्त्रीले सरकारको काममा लगाउनुपर्ने समय आन्तरिक विवादमा लगाउनुभएको छ । कोरोना नियन्त्रण र रोकथामका लागि हुनुपर्ने छलफल र भेटघाट आफू निकटका नेताहरुसँग हुने गरेको छ ।

शीर्ष तहमा संवाद हुन नसकेपछि संसदीय दलमा आफ्नो बहुमत पुर्याउने रणनीतिमा प्रधानमन्त्री ओली लागेका छन् । पार्टीभित्रको सम्भावित संकट टरिनसकेकाले आफ्नो पक्षमा निर्णय गराउन प्रधानमन्त्री ओली रातदिन नेताहरुसँगको भेटघाटमा व्यस्त हुने गरेका छन् । झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका अध्यक्ष ओली पछिल्लो समयमा सरकारकै रक्षाका लागि लागेका छन् । पार्टीभित्र अध्यक्ष र प्रधानमन्त्री दुई पदमध्ये एक पद छोड्न दबाब बढिरहेका बेला दुवै पद जोगाएर अगाडि बढ्ने रणनीतिमा प्रधानमन्त्रीको बढी समय बितिरहेको छ । स्थायी समिति बैठक बस्नुअघि सचिवालय बैठकमा सहमति कायम गरेर मात्र बैठक बोलाउने तयारीमा लाग्नुभएका अध्यक्ष ओलीले एक सातादेखि अर्का अध्यक्ष प्रचण्डसँगसमेत संवाद गरेका छनन् ।
कोरोनाको कारण देशको अर्थतन्त्र तहसनहस हुने अवस्था सिर्जना भएको छ । देशभित्र चार महिना लकडाउन गरेर अहिले खुला गरिएको छ । एक जनामा कोरोना संक्रमण देखिँदा सरकारले लकडाउन सुरु गरेको थियो ।

तर अहिले दैनिक तीनदेखि पाँच सय जनासम्ममा संक्रमण फैलिँदासमेत सरकारले लकडाउन नगर्ने नीति लिएको छ । नेपालमा कोरोना संक्रमण समुदायस्तरमा पैmलिन शुरु गरिसक्दा समेत सरकारले प्रभावकारी कदम चाल्न सकिरहकेको छैन । कोरोनाविरुद्ध लड्नुपर्ने सरकार आफ्नै पार्टीभित्रको आन्तरिक विवादमा रुमलिएको छ ।
नेकपाका नेता ठाकुर गैरेले पार्टीभित्रको विवाद समाधानका लागि शीर्ष नेतृत्व गम्भीर बन्नुपर्ने बताए । उनले भने– ‘हरेक पार्टीभित्र विवाद हुन्छ, विवादको समाधान गर्ने कमिटीका बैठक नै हुन्, अहिले जारी स्थायी समिति बैठक स्थगित छ, शीर्ष नेताहरुमा संवाद हुन सकिरहेको छैन, जनताले ठूलो आशा र अपेक्षा गरेर नेकपालाई बहुमत दिएका हुन्, जनमतको सम्मान गरेर पार्टी अगाडि बढ्नुपर्छ ।’

नेकपाभित्र विवाद समाधानका लागि दर्जनौं विकल्प अगाडि सारे पनि सहमति जुट्न सकिरहेको छैन । सहमति जुटाउने जिम्मेवारीसहित अध्यक्षद्वय ओली र प्रचण्डबीच यसबीचमा भएको वार्ता र छलफल निरर्थक बन्न पुगेको छ । बालुवाटार र खुमलटारमा नेताहरुको दौडधुप भए पनि निकास निकाल्नेतर्फ नेताहरु गम्भीर बन्न सकेका छैनन् । देश कोरोना विरुद्धको महाहारीसँग जुधिरहेका बेला सत्तारुढ दलका नेताहरु भने आन्तरिक विवादसँग लडिरहेका छन् । सत्तारुढ दलभित्र मात्र होइन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पनि उस्तै छ । सरकारले प्रभावकारी काम गर्न नसकिरहेको सन्दर्भमा खबरदारी गर्ने र सरकारलाई सचेत गराउनुपर्ने कांग्रेस पनि आन्तरिक विवादमा रुमलिँदै आएको छ । सरकार विभिन्न प्रकरणमा मुछिँदा समेत कांग्रेसले ती एजेन्डा बलियोसँग उठाउन सकिरहेको छैन ।

आगामी फागुनमा महाधिवेशनको मिति तय गरेको कांग्रेसभित्र शक्ति संघर्ष चलेको छ । महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्याउन पार्टी सभापति शेरबहादुर देउवाले धमाधम विभाग गठन गर्ने काम सुरु गरे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कडा रुपमा आपत्ति जनाउँदै आएको छ । विभाग गठनको कारण कांग्रेसको विवाद पनि उत्कर्षमा पुगेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने कांग्रेस विभाग गठनमा आफ्ना मान्छे नपरेको भन्दै सभापति देउवासँग असन्तुष्ट बनेका छन् ।

नेपाली कांग्रेसका नेता राजन केसीले पार्टीभित्र सहमति र सहकार्यबाटै जारी विवाद समाधान गर्नुपर्ने बताए । ‘विधि र विधानअनुसार नै पार्टी सञ्चालन गर्नुपर्छ’, उनले भने– ‘यति बेला हाम्रो काम सरकारलाई खबरदारी गर्ने र कोरोना नियन्त्रण र रोकथामका लागि लाग्ने हो ।’ यता प्रमुख प्रतिपक्ष दल पनि आन्तरिक विवादमा रुमलिँदा जनतामा निराशा जन्माएको छ । कोरोनाको विरुद्धमा एकताबद्ध भएर लाग्नुपर्ने राजनीतिक दलहरु आन्तरिक विवादमा रुमलिँदा नागरिकमा दलहरुप्रति वितृष्णा देखिएको छ । नेपाल समाचारपत्र दैनिक