१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार

के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
अ अ+ अ-

एजेन्सी । सङ्गीतका उच्च व्यक्तित्वहरू आइतबारको ग्रामी पुरस्कारका लागि लस एन्जलसमा भेला भइरहेका छन् । साथै बियोन्सेको नाम सबैको जिब्रोमा छः के रेकर्डिङ एकेडेमीका मतदाताहरूले अन्ततः यी मेगास्टारलाई उहाँको योग्यता अनुसारको सम्मान दिनेछन् ?

उहाँ इतिहासकै सबैभन्दा बढी सुशोभित ग्रामी कलाकार हुनुहुन्छ तर आफ्ना स्टुडियो एल्बमहरूका लागि चार पटक मनोनयनमा परे पनि बियोन्सेले कुख्यात रूपमा वर्षको एल्बमको प्रतिष्ठित पुरस्कार कहिल्यै जित्नुभएको छैन । र पुरस्कार समारोहको ६७औँ संस्करणले अन्ततः यो विरोधाभासलाई समाप्त पार्न सक्छ ।

तर उहाँको चर्चित एल्बम ‘काउब्वाइ कार्टर’ ले बिली आइलिश र टेलर स्विफ्ट जस्ता नियमित विजेताहरूका साथै च्यापल रोन, साब्रिना कार्पेन्टर र चार्ली एक्ससीएक्स जस्ता चर्चित पप हिटमेकरहरूको कामबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ ।

उच्च–शक्तिको स्टार पावर भए पनि सामान्यतया उद्योग पार्टी र प्रदर्शनहरूले भरिएको ग्रामी हप्ताले सामान्यभन्दा बढी गम्भीर स्वरूप लिएको छ किनकि मनोरञ्जन राजधानी केही हप्ताअघि मात्र पूरै छिमेकहरूलाई तहसनहस पार्ने घातक डढेलोको परिणामबाट उठ्दैछ ।

आयोजकहरूले सहायता कोष जुटाउने र पहिलो प्रतिकार्यकर्ताहरूसँगै प्रभावित उद्योगका सदस्यहरूलाई श्रद्धाञ्जलि अर्पण गर्ने नयाँ मिसनका साथ चमकदमकले भरिएको पुरस्कार कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् ।

शुक्रबार वार्षिक म्युजिकेयर्स गालाले एकै साँझमा चार करोड ५० लाख डलरभन्दा बढी जुटायो र संस्थानको कूल रकम चार करोड ९० लाख डलरभन्दा बढी पुर्‍याएको छ । वार्षिक म्युजिकेयर्स गाला यस वर्ष साइकेडेलिक जाम ब्यान्ड द ग्रेटफुल डेडलाई सम्मान गरेको छ ।

रेकर्डिङ एकेडेमीको परोपकारी शाखा म्युजिकेयर्सको व्यापक मिसनमा प्रकोप राहतदेखि मानसिक स्वास्थ्य सहयोगसम्म सबै कुराका लागि अस्थिर अमेरिकी सङ्गीत उद्योगका कलाकार र अन्य कर्मचारीहरूलाई प्यारासुट प्रदान गर्ने समावेश छ ।

डढेलो राहतको अचानक आवश्यकताले त्यो मिसनमाथि प्रकाश पारेको छ र उद्योगका अन्य व्यक्तिहरूले पनि फिर्ता दिन उनीहरूको नेतृत्व लिएका छन् ।

सङ्गीत पावरब्रोकर इर्भिङ एजोफले कन्सर्ट प्रमोटरहरू लाइभ नेसन र एइजी प्रेजेन्ट्ससँग मिलेर बिहीबार लेडी गागा, इलिश, डा ड्रे र जोनी मिचेल जस्ता प्रमुख स्टारहरूसहित विशाल लाभ कन्सर्टको आयोजना गर्नुभयो ।

व्यवसायमा सबैभन्दा प्रतिष्ठित टिकटहरू मध्ये एक शनिबारको वार्षिक क्लाइभ डेभिस गाला पनि कोष सङ्कलन तत्व समावेश गर्न तय गरिएको छ ।

बियोन्सेको समय ?

बियोन्सेले वर्षौंदेखि उद्योग परिवर्तन गर्ने, संस्कृति हल्लाउने काम गर्नुभएको छ तर उत्कृष्ट एल्बम र उत्कृष्ट रेकर्डका लागि प्रमुख ग्रामी पुरस्कारहरूबाट बारम्बार र स्पष्ट रूपमा बाहिर राखिनु मतदाता निकायको प्रमुख क्षेत्रहरूमा अश्वेत कलाकारहरूको कामलाई किनारा लगाउने प्रवृत्तिको सबैभन्दा स्पष्ट उदाहरणका रूपमा लिइन्छ ।

प्रभावशाली पप स्टार स्विफ्टले रेकर्ड चार पटक वर्षको एल्बम ट्रफी जित्नुभएको छ । यो सबै अश्वेत महिलाहरूले जितेको भन्दा बढी विजय हो ।

त्यसो गर्ने अन्तिम व्यक्ति सन् १९९९ मा लौरिन हिल हुनुहुन्थ्यो । उहाँभन्दा पहिले सन् १९९४ मा ह्विटनी ह्युस्टन र सन् १९९२ मा नताली कोलले जित्नुभएको थियो ।

बियोन्सेको महत्वाकांक्षी ‘काउब्वाइ कार्टर’ को यस वर्षको मनोनयनले यस मुद्दालाई तीव्र फोकसमा ल्याएको छ । यसले त्यस विधामा अश्वेत कलाकारहरूको समृद्ध तर कम चर्चित इतिहासलाई चित्रण गरेर कन्ट्री उद्योगलाई चुनौती दिएको थियो ।

तर ग्रामीहरू ग्रामी नै हुन् – जसको अर्थ जे पनि हुन सक्छ । नतिजा जे भए पनि सोमबार बिहान विचार लेखहरू आउनेछन् ।

सर्वोत्कृष्ट नयाँ कलाकारहरूले मञ्च सम्हाल्दै

हिप–हप पुरस्कार विजेता केन्ड्रिक लामार आइतबार हेर्नका लागि अर्को ठूलो नाम हो । ड्रेकसँगको उहाँको र्‍याप युद्धले ‘नट लाइक अस’ जन्मायो । यो वर्षको सबैभन्दा भाइरल गीतहरू मध्ये एक हो जसले उहाँलाई मनोनयन दिलायो ।

हालै बियोन्से र स्विफ्ट दुवैसँग काम गर्नुभएका पोस्ट मलोनले आठ मनोनयन पाउनुभयो र दुवैसँग शीर्ष श्रेणीहरूमा पुरस्कार जित्ने मौका छ ।

नजिकबाट हेरिएको सर्वोत्कृष्ट नयाँ कलाकार प्रतिस्पर्धामा कार्पेन्टर र रोन प्रमुख दाबेदार हुनुहुन्छ । उहाँहरू दुवै गत वर्ष मूलधारमा छिटो उदाउनुभएको थियो ।

विशेष गरी रोनले अत्यन्त तीव्र उदय अनुभव गर्नुभयो र धेरै समीक्षकहरूले उहाँलाई सर्वोत्कृष्ट रेकर्ड र सर्वोत्कृष्ट गीतका लागि जित्ने नामको रूपमा सुझाएका छन् ।

प्रतिस्पर्धामा शाबोजी पनि हुनुहुन्छ । उहाँको हिट ‘ए बार सङ ९टिप्सी०’ ले हप्तौँसम्म अमेरिकी हट सङ्स चार्टमा शीर्ष स्थान हासिल गर्‍यो र गीत लेखनलाई सम्मान गर्ने वर्षको गीत ग्रामीको लागि पनि मनोनीत छ ।

चौरानब्बे ग्रामीमध्ये सानो अंश मात्र गालाको टेलिभिजनमा प्रसारित हुने प्रमुख भागमा वितरण गरिन्छ । साँझको अधिकांश समय प्रदर्शनमा समर्पित हुन्छ ।

इलिश, रोन, चार्ली एक्ससीएक्स र कार्पेन्टर लगायत कलाकारहरू मञ्चमा आउनुहुनेछ । साथै डोची, राय, टेडी स्विम्स र बेन्सन बून जस्ता सर्वोत्कृष्ट नयाँ कलाकार प्रतियोगीहरूसँगै मञ्च लिने तय छ ।

लेजेन्ड स्टेभी वन्डर र हर्बी ह्यान्कक पनि गाला समयमा देखा पर्नुहुनेछ । उहाँहरूले स्वर्गीय सुपर–निर्माता क्विन्सी जोन्सलाई श्रद्धाञ्जलि दिनुहुनेछ ।