२० माघ २०८१, आईतवार
,
Latest
ललितपुर महानगरद्वारा १२ फुटबल क्लवलाई प्रोत्साहन पुरस्कार काँग्रेस, एमाले र माओवादीबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु मुलुक बर्बाद पार्ने कार्यमा सहभागि हुनु… ३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र पुलिसले जित्यो टाइगर कप भलिबलको उपाधि कारागार चलान भए उमागौरी सहकारीका अध्यक्ष रौनियार शेयर बजारमा हरियाली, झण्डै १३ अर्बको कारोबार सागर ग्रुपले आईटी एक्स्पो गर्ने जुनेलो, फापर, गहत फलाउने किसान भएनन् नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आईतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित हुँदै नेपालले लगातार तेस्रो हार चाखेको हो ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपाललाई नेदरल्यान्ड्सले जितको लागि १४१ रनको लक्ष्य दिएको थियो । जबाफि ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाउदा सम्झना खड्काले २३ रन बनाइन् ।

नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २/२ विकेट लिँदा इभा लिन्च र इसाबेल वोनिङले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४१, हिथर सिगर्सले २६ तथा फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सीता राना मगरले ५ विकेट लिइन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए ।