३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार तेस्रो हार, नेदरल्यान्डसँग १५ रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आईतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित हुँदै नेपालले लगातार तेस्रो हार चाखेको हो ।

टस हारेर पहिले फिल्डिङ गरेको नेपाललाई नेदरल्यान्ड्सले जितको लागि १४१ रनको लक्ष्य दिएको थियो । जबाफि ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाउदा सम्झना खड्काले २३ रन बनाइन् ।

नेदरल्याण्ड्सका आइरिस विलिङ, कारोलिन डे लाङ र हिथर सिगर्सले २/२ विकेट लिँदा इभा लिन्च र इसाबेल वोनिङले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले ४१, हिथर सिगर्सले २६ तथा फेबे मोल्कनबोर र रोबिन रिकेले समान २१ रन बनाए ।

नेपालका लागि सीता राना मगरले ५ विकेट लिइन् । मनिषा उपाध्यायले २ विकेट लिँदा कविता जोशी र इन्दु बर्माले १/१ विकेट लिए ।