४ फाल्गुन २०८१, आईतवार
,
Latest
बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य बुझ्न प्रधानमन्त्री कीर्तिपुर अस्पतालमा सांसद ज्ञानेन्द्र शाहीलाई कारबाही गर्न माग ‘ग्लोबल साउथ’ बीच कनेक्टिभिटी र सामूहिक सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा लोकतन्त्रवादी यातायात व्यवसायी संघको अध्यक्षमा मन्जय प्रकाश श्रेष्ठ चयन छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने सरकारले तोकेको न्युनतम पारिश्रमिक र सेवा सुविधा दिनुपर्ने मागसहित निजामती अस्पतालका कर्मचारी आन्दोलित तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न सांसद ज्ञानबहादुर शाहीलाई राष्ट्रिय सभाको निर्देशन हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि प्रभु साहको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद भट्टराईको प्रश्नः अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको बिरोध गर्ने ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा एमाले सांसद गोपाल भट्टराईले देशमा लगानीको वातावरण सिर्जना गर्न र अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याइएको बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा सदन बन्द गरेको भोलिपल्टै पार्टी फुटाउन अध्यादेश ल्याइएको उदाहरण दिँदै अध्यादेशको नियत सही हुनुपर्ने बताउनु भयो । उहाँले अध्यादेशबाटै जीन्मएको पार्टीले अध्यादेशको बिरोध गर्नु उचित नहुने बताउनु भाये । उहाँले कानून झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भएकाले अध्यादेश ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतमा आज सदन बन्द गर्ने र भोलि अध्यादेश ल्याएर पार्टी फुटाउने काम भएको होइन र ? मलाई त अचम्म के लाग्छ भने अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेशको सबैभन्दा बढ्ता बिरोध गरेको छ । ल्याउनु हुँदैन थियो भन्न मिल्छ र ? सरकारले जनतालाई केही डेलिभरी दिनुपर्ने आवश्यकता देख्यो र अध्यादेश ल्यायो । हामीले सदनमा भनेका हौँ, कानून झन्झटिला भए, विदेशी तथा स्वदेशी लगानी आउन सकेनन्, फाइलहरु महिनौँ रोकिने लगायतका झन्झट धेरै भयो । लगानीकर्ता आकर्षित हुन सकेनौँ भन्यौँ । त्यसको लागि सात दिनभित्र टुंगो लगाउनुपर्छ भन्दा बेठिक भयो र ?’

सांसद भट्टराईले अध्यादेश ल्याइयो भन्नु भन्दा अध्यादेश कार्यान्वयनमा जोड दिन सरकारलाई दबाब दिनुपर्ने बताउनु भयो ।