२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने



अ+ अ-

काठमाडौँ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजनामा क्यान इन्फोटेक २०२५ माघ २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

आईतवार क्यानले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्यानका महासचिव चन्द्रविलास भुर्तेलले क्यान इन्फोटेक, २०२५ काठमाडौंको भृकुटीमण्डामा माघ २४ गतेदेखि २८ गतेसम्म हुने बताउनु भयो ।

उहाँले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाँले क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्ने जानकारी दिनुभयो । मेलामा अवलोकनकर्ताले सूचना प्रविधिका नयाँ नयाँ जानकारी पाउने बताउनु भयो । प्रदर्शनीमा स्वदेशी तथा विदेशी संस्थाहरुको सहभागिता रहने बताउनु भयो । हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको बताउनु भयो । साढे तीन लाखले प्रदर्शनीको अवलोकन गर्ने अपेक्षा गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो वर्ष क्यान इन्फोटेक २०२५, २०८१ माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना गर्दैछ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक, नीति, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको छ । क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिनसम्म चल्नेछ ।’

उहाँले सर्वसाधारणको लागि इन्फोटेकमा प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको बताउनु भयो । ज्येष्ठ नागरिक, फरक क्षमता भएका र १० वर्ष मुनिका बालबालिका तथा सरकारी, सामुदायिक विद्यालयको सिफारिसमा सामुहिक अवलोकनमा आउने अवलोकनकर्ताहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताउनु भयो ।