१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
अ अ+ अ-

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ । ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो ।

रौतामाई गाउँपाालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गर्नुभयो । पछिल्लो समय बजारसमेत पाउन टाडेको उहाँको भनाइ छ ।

रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भन्नुभयो, “करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौँं ।”

उदयपुरगढी गाउँपालिका–४ डुम्रेका किसान बहादुर घले मगरले परम्परागत अन्नबाली गाउँघरबाट लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै भन्नुभयो, “विगतमा आफूहरूले घरबारीमा गहत, पाखाबारीमा चारैतिर जुनेलो खेती गर्दथ्यौँ । अहिले सबै युवा शिक्षा, रोजगारीलगायत कारणले गाउँ छाडेर सहर तथा विदेश जान थालेपछि गाउँमा कसले खेती गर्ने रु जग्गा सबै बाँझै रहन थाल्यो, काम गर्ने जागरिला युवा गाउँघरमा बस्दैनन् ।”

गाउँघरमा परम्परागत खेतीमा सक्रिय व्यक्ति वृद्ध हुनु, युवा कृषि पेसामा आबद्ध नहुनु तथा विदेश वा सहर जानुलगायत कारणले खेती बाँझो हुन थालेको ताप्ली गाउँपालिका–४ का बर्जबहादुर राईले बताउनुभयो । खेती गर्ने युवा जनशक्तिको अभावमा हिजोआज जुनेलो, फापर, गहत जस्ता अन्नबाली उत्पादन हुने छोडेको उहाँले उल्लेख गर्नुभयो ।

राईले भन्नुभयो, “करिब २० वर्ष अगाडिसम्म यहाँका पाखाबारीमा जुनेलो खेती बढी हुने भएकाले गाउँनै जुनेलो मय हुन्थ्यो । हिजोआज यसको खेती गर्ने बुढाबुढी अशक्त भए, कोही बितेर गए, युवाहरू जिल्ला बाहिर र विदेश जान थाले, गाउँ रित्तो हुँदै गयो ।”

जिल्लाको पहाडी क्षेत्रका अधिकांश डाँडापाखा, बारीहरूमा विगतमा प्रशस्त जुनेलो उत्पादन हुने गरे पनि हिजोआज जनशक्ति नहुँदा यसको खेती हुन छाडेको यहाँका कृषक बताउँछन् ।

विगतमा गाउँको पाखा तथा सुख्खाबारीमा अनिवार्य गहत तथा जुनेलोको उत्पादन गरिनेमा पछिल्लो समय युवाले खेतीप्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन हुनुलगायत कारणले परम्परागत बाली लोप हुँदै गएका रौतामाई गाउँपालिकाका पूव अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो ।

उहाँका अनुसार जुनेलो रौताको सल्ले, हात्तीपाइले र पोखरे क्षेत्रमा अझै पनि केही कृषकले उत्पादन गरिरहेका छन् । फापर र गहत भने लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

उदयपुरगढी गाउँपालिका दनुवारबेँसीका कृषक रितबहादुर तामाङले विगतमा गाउँघरमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैँलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताउनुभयो ।

जिल्ला कृिष ज्ञान केन्द्रका सूचना अधिकारी अनु बिसीले विगतमा जिल्लाको पहाडी क्षेत्रका गाउँघरमा उत्पादन हुने फापर, जुनेलो, गहत प्रशस्त उत्पादन हुने गरेकामा पछिल्लो समय र किसानले खेती गर्न छाडेका बताउनुभयो । प्रत्येक वर्ष जिल्लाको पहाडी क्षेत्रमा अन्नबाली कोदोबाहेक अन्य परम्परागत बालीहरूको उत्पादन घट्दै गएको उहाँले जानकारी दिनुभयो । रासस