१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना

नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी

नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन प्रक्रिया अघि बढ्छः कार्यकारी निर्देशक अधिकारी
अ अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन अगाडि बढ्ने बताउनुभएको छ ।

महिला आर्थिक पत्रकार संघ (फेजा) ले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा अन्तर्गतका सार्वजनि लेखा र अर्थसमितिले दिएको निर्देशन कार्यान्वयनको लागि बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनका लागि समिति गठन गरेको बताउनु भयो । उहाँले समितिहरुले आइपीओ निष्कासनमा बेथिति भएको भन्दै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर जारी गर्न दिनेगरी कार्य सम्पादन गर्न बोर्डलाई निर्देशन दिएकाले बोर्डले आइपीओबारे कुनै निर्णय लिन नसकेको बताउनु भयो । उहाँले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक शेयर जारी गर्न नदिन निर्देशन दिएको तर बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भने त्यस्तो व्यवस्था नभएको बताउनु भयो । उहाँले समितिको निर्देशन कार्यान्वयनको लागि नियमावली संशोधनको तयारीमा बोर्ड रहेको बताउनु भयो । उहाँले बोर्डले नियमावली संशोधन गरेपछि मात्रै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीको आइपीओ स्वीकृतका लागि काम अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ जलविद्युतको फाइनान्सिङमा ठूलो भूमिका छ । धितोपत्र बजारमा २६७ कम्पनी मध्ये ९२ वटा जलविद्युत आयोजनाहरु छन् । अहिले आईपीओका लागि पाइपलाइनमा भएका ४३ वटा कम्पनीहरु छन् । जुन जलविद्युतका नै छन् । जलविद्युत आयोजनाका विगतमा आइपीओमा भएका समस्या आएको कारण सार्वजनिक लेखा र अर्थसमितिबाट पनि कन्सन देखाएर निर्देशन समेत जारी हुँदा निर्देशन अनुसार कानूनी सुधारको आवश्यकता भएको छ । बोर्डले नियमावली सुधार गर्नुपर्ने भएकाले नियमावली सुधार गर्ने काम भइरहेको छ । नियमावलीमा सुधार भएपछि रोकिएका जलविद्युत परियोजनाका आइपीओहरु अगाडि बढ्छन् । नेटवर्थ ९० भन्दा माथि हुनुपर्ने नियमावलीमा छैनन् । समितिहरुबाट निर्देशन भएकाले बोर्डले सुधार गर्नुपरेको छ । नियमावली सुधार भएपछि मात्रै स्वीकृत हुनसक्ने हुन्छ । निर्देशन भएपनि बोर्डको नियमावलीमा संशोधन हुनुपर्छ । बोर्डको नियमावली संशोधनको प्रक्रियामा छ ।’

गत वर्षको पुस १२ गते बसेको लेखा समितिको बैठकले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर जारी गर्न दिन निर्देशन गरेको थियो । निर्देशनको कारण एक वर्षदेखि नेपाल धितोपत्र बोर्डमा झन्डै ३ दर्जन कम्पनीहरुको आइपीओ प्रक्रिया अड्किएर बसेको छ ।