१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
व्हाट्सएपमा नयाँ फिचर: एन्ड्रोइड प्रयोगकर्ताले ‘मोशन फोटो’ शेयर गर्न पाउने विगतमा जारी भएका निर्देशनलाई एकीकृत बनाउने काम जारी छः अध्यक्ष ओझा पूर्वराजा शाहद्वारा मनकामना मन्दिरमा पूजाअर्चना आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छः उर्जामन्त्री खड्का सुनको मूल्य तोलामा नौ सयले घट्यो, कतिमा हुँदैछ कारोबार? अमृत साइन्स क्याम्पस र पीएन क्याम्पसमा मतदान जारी अन्न नउब्जने भिरालोमा ‘वनतरुल’ खेती एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाँत स्वास्थ्यबारे सामाजिक बुझाइमा परिवर्तन गरौँः स्वास्थ्यमन्त्री



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दाँत स्वास्थ्यका बारेमा सामाजिक बुझाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बिग्रिएका दाँतहरु कस्मेटिक पद्दतीबाट मिलाउने कार्यलाई दाँतको स्वास्थ्यसँग जोडेर आमसर्वसाधारण भ्रममा परेको बताउनुभयो । उहाँले शरीर स्वस्थ राख्नका लागि दाँत स्वस्थ राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले दाँत उपचारका लागि अस्पताल, उपकरण तथा जनशक्तिको अनिवार्य आवश्यकता हुने बताउनु भयो । दाँतको स्वास्थ्यसँग शरीरको स्वास्थ्य जोडिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दाँतको उपचारलाई कस्मेटिक उपचार मानिन्छ, त्यो गलत छ । यो स्वास्थ्य उपचारभित्रै पर्छ । भित्र परेका दाँतहरु बाहिर ल्याउने मात्रै त्यो उपचार होइन, दाँतको सम्बन्ध शरीरसँग हुन्छ । त्यसैले स्वस्थ शरीरका निम्ति स्वस्थ दाँतको आवश्यकता पर्छ । यो कुरा हामीले बुझाउन सकिरहेका छैनौँ । यसका लागि अनिवार्य रुपमा अस्पताल र उपकरण हुनुपर्छ । त्यसअनुसार जनशक्ति हुनुपर्छ । यो गरेपनि हुने नगरेपनि हुने जस्तो सोचाइ छ यो गलत हो । शरीर स्वास्थ्य राख्नका निम्ति अभिन्न रुपमा दाँतको स्वस्थता जोडिएको हुन्छ । जुन खालको न्यारेटिभ छ त्यो बदल्नु आवश्यक छ ।’

मन्त्री पौडेलले नेपालमा दाँत सम्बन्धी जनशक्तिको उत्पादन भइरहे पनि समाजले दाँत स्वास्थ्यका बारेमा नबुझेका कारण चिकित्सकहरु विदेश पलायन हुनुपरेको बताउनु भयो । उत्पादित जनशक्तिले नेपालमै सेवा दिने व्यवस्था मिलाउनका लागि समाजले उक्त विषयको आवश्यकता महशुस गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले जनशक्ति उत्पादन भइरहेको छ । सरकारी तहले पनि त्यसलाई पूर्ण प्राथमिकतामा राख्न नसकेको कारणले तथा समाजले पनि यसको उपचार पद्दतीलाई गम्भीर ढंगले जे हो त्यही रुपले नबुझेको कारणले हामीले जनशक्ति नेपालमै राख्न सकिरहेका छैनौँ । उत्पादित जनशक्तिलाई नेपालमै राख्ने स्थिति बनाउनका लागि कुनैपनि पदको कुनै पनि कामको कुनैपनि व्यवसायको सान्दर्भिकता त्यो समाजले बुझेको हुनुपर्छ । त्यो समाजलाई त्यो व्यवसायको कामको आवश्यकता महशुस हुनुपर्छ ।’

मन्त्री पौडेलले देशभरका सबै संघीय अस्पतालमा दाँतको दरबन्दीको व्यवस्था गरी उपचार इकाइ बनाउने प्रतिवद्धता जनाउनुभयो ।