२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला News Polar जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छः राजु पण्डित क्षेत्री News Polar विशेष पर्वतीय जलवायु कोष स्थापनाको पहल गर्न सरकारको ध्यानाकर्षण

पुनर्कर्जाको अवसरः ३ देखि ५ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण पाइने

पुनर्कर्जाको अवसरः ३ देखि ५ प्रतिशतको सहुलियत ब्याजदरमा ऋण पाइने
अ अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ । यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई पुनर्कर्जाका लागि यस्तो अवसर उपलब्ध गराइदिएको हो ।

कोरोना प्रभावले थला परेको विभिन्न क्षेत्रका व्यवसायलाई निरन्तरता दिलाउन एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको बताए । उनले कोरोनाका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्नेहरूका लागि यो निकै राम्रो अवसर भएको बताए । राष्ट्र बैंकका अनुसार यस्तो पुनर्कर्जा लिन आवेदकले आवेदनसँगै इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयको ठेगाना तथा सञ्चालन भएको मितिसहितको सूची, संस्थाले माग गर्ने कूल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान रहेको छ ।

यसैगरी, आवेदनका लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ भने एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंकले वित्तीय संस्थामार्फत मात्र आवेदन भएको बेहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने छ । पुनर्कर्जाका लागि आवेदन गरिएकोे कुल रकममध्ये कम्तीमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जाअन्तर्गत हुने गरी माग गर्नुपर्ने, आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक र ऋणी समेटिएको हुनुपर्ने, आवेदन पेस गर्ने संस्थाको पुँजीकोष अनुपात सम्बन्धित बैंकले तोकेबमोजिम पुगेको हुनुपर्नेछ ।

कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको हो । राष्ट्र बैंकले सोमबार नै सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाका लागि आवेदन आह्वान गरेको छ । जसअनुरूप राष्ट्र बैंकले एकमुस्ट रूपमा लघु, घरेलु तथा साना उद्यम पुनर्कर्र्जा, साधारण पुनर्कर्र्जा तथा विशेष पुनर्कर्जा उपलब्ध गराउनेछ । बैंक तथा वित्तीय संस्थाले आगामी १४ असोजसम्म आवेदन दिनुपर्नेछ । यस्तो पुनर्कर्जा सहभागी हुनेहरूलाई सेवा दिन बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउनेछ । प्रतिग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मको विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरूलाई उपलब्ध गराइनेछ । यसरी प्रदान गरिने पुनर्कर्जाको ब्याजदर कम्तीमा ३ र बढीमा ५ प्रतिशत मात्र हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैकले अति प्रभावित क्षेत्रका रूपमा पर्यटन, हवाई, अस्पताललगायतलाई सूचीकृत गरेको छ । यसैगरी, ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, ¥याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पालगायतले अति प्रभावितका रूपमा यस अवसरका लागि आवदेन दिन सक्नेछन् । यसैगरी, होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होमस्टे, रिसोर्ट तथा रेस्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष, साहसिक पर्यटन, स्किइङ, ग्लाइडिङ, वाटर ¥याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोनिङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायतका छन् । त्यसैगरी, गल्फकोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन उडान सञ्चालन, केवलकार, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, सिनेमा हललाई पनि अति प्रभावित क्षेत्रमा राखिएको छ ।

यसैगरी, रोजगारी गुमेका वा बेतलवीमा परेका श्रमिक, कामदार वा कर्मचारी ९स्वदेशमा वा विदेशमा० मूलभुत रूपमा सडेर, गलेर जाने वस्तुहरू तरकारी, फलफूल, पुष्प, माछामासु, दाना, दूध तथा दुग्धजन्य उत्पादन, अन्डा जस्ता उत्पादन तथा बिक्री वितरण पनि अति प्रभावित क्षेत्रअन्तर्गत नै रहेका छन् । कुखुरापालन व्यवसाय, पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोसाक, हस्तकला तथा सिपमूलक व्यवसाय, वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायकलाई पनि अति प्रभावित क्षेत्रअन्तर्गत राखिएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले मध्यम प्रभावित क्षेत्रका रूपमा खप्ने सामान जस्तै प्लास्टिक, फलामर स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरणलगायतका उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसायीलाई सूचीकृत गरेको छ । निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयरसम्बन्धीलाई मध्यम खालका प्रभावितमा राखेर पुनर्कर्जा उपलब्ध गराउनेछ ।

यसैगरी, यात्रुवाहक सवारी साधन, ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप, कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय, अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर, हेल्थ सेन्टर वा फिट्नेस सेन्टर, भन्डारण गर्न सकिने वस्तु ९खाद्यान्नबाहेक० उत्पादन, प्रशोधन तथा बिक्री वितरण, वन तथा खनिजजन्य उद्योग, निर्माण व्यवसाय, औषधि उत्पादन छपाइ, प्रकाशन तथा सञ्चार गृह, निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसायलाई पनि मध्यम प्रभावित क्षेत्रअन्तर्गत सूचीकृत गरिएको छ ।

यस्तो पुनर्कर्जाको अवसरमा सहभागी हुने ऋणीले आवेदन दर्ता गर्न नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि–२०७७ को अनुसूची १ बमोजिमको ढाँचाअनुसार आवेदन दिनुपर्नेछ । आवेदनका लागि छनोट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम एक वर्ष बाँकी रहेको हुनुपर्नेछ । आवेदनका लागि कर्जा छनोट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक ऋणी समेटिएको हुनुपर्नेछ । आवेदन पेस गर्ने संस्थाको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने बताइएको छ ।

यस्ता क्षेत्रले पाउँछन् पुनर्कर्जा
अति प्रभावित क्षेत्र

१. पर्यटन
(क) ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ, क्याम्पिङ, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि ।
(ख) होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट तथा रेस्टुरा, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष ।
(ग) साहसिक पर्यटन स्किइङ, ग्लाइडिङ, वाटर र्याफ्टिङ, हट एयर ब्यालुनिङ, क्यानोइब, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकनलगायत ।
(घ) गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार

२. हवाई तथा पर्यटकीय यातायात

३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसनसम्बन्धी व्यवसाय, पार्टी प्यालेसस

४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल

५. रोजगारी गुमेका वा समस्यामा परेका श्रमिक, कामदार वा कर्मचारी (स्वदेशमा वा विदेशमा)

६. मूलभूत रूपमा सडेर गलेर जाने वस्तु, जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दुधजन्य उत्पादन, अन्डा आदि उत्पादन तथा बिक्री वितरण

७. कुखुरापालन व्यवसाय

८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय

९. तयारी पोसाक, हस्तकला तथा सीपमुलक व्यवसाय

१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक

मध्यम प्रभावित क्षेत्र
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम र स्टिल, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर
३. यात्रुवाहक स्थल यातायात
४. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरीलगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
५. कानुनी, लेखा, इन्जिनियरिङलगायतका परामर्श सेवा वा व्यवसाय
६. अस्पताल, क्लिनिक, नर्सिङहोम, डायग्नोस्टिक सेन्टर
७. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
८. भण्डारण गर्न सकिने वस्तु ९खाद्यान्नबाहेक० उत्पादन, प्रशोधन तथा बिक्री वितरण
९. वन तथा खनिज जन्य उद्योग
१०. निर्माण व्यवसाय
११. औषधि उत्पादन
१२. छपाइ, प्रकाशन तथा सञ्चार गृह
१३. निर्माणाधीन जलविद्युत् तथा नवीकरणीय ऊर्जा
१४. पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय राजधानी दैनिक