२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयकमाथि गहिराइमा पुगेर रचनात्मक ढंगले अध्ययन गरौँः सञ्चारमन्त्री



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलले सरकारले ल्याएको विधेयकमाथि रचनात्मक रुपले छलफल गुर्नपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने बनेको विधेयक–८१ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अध्यादेशबारे प्रतिपक्ष दलले पूर्वाग्रहपूर्ण हिसाबले भ्रमको खेती गरेको बताउनु भयो । उहाँले सरकारले ल्याएको विधेयक निरंकुस नभएको जिकिर गर्दै अध्यादेश भित्रको विषय बस्तु गहिराइमा गएर अध्ययन गर्न प्रतिपक्षीलाई आग्रह गर्नुभयो । उहाँले विषय वस्तुमाथि द्वन्द्वात्मक रुपले बुझ्ने क्षमता प्रतिपक्षहरुसँग नभएको अरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जब हामीसँग एउटा आग्रह हुन्छ, आग्रहले हाम्रो सोचाइको क्षितिजलाई एकदमै साँघुरो बनाउँछ । माननीय ज्यूहरुले आग्रह राखेर बोली रहनुभएको छ । अध्यादेश भन्ने बित्तिकै कुनै निरंकुश चिज हो भन्ने हिसाबले व्याख्या गर्नुभएको छ । यो उहाँको एकाङ्की विचार हो भन्ने लाग्छ मलाई । अध्यादेशभित्र के कुरा छ र यो के कारणले ल्याइयो भन्ने कुरा गहिराइमा गएर अध्ययन गर्नुपर्छ, बुझ्नुपर्छ र छलफल गर्नुपर्छ भन्ने लाग्छ मलाई । सत्ता पक्षले अध्यादेश ल्याउने बित्तिकै प्रतिपक्षले त्यसको विरोध गर्नुपर्ने । हामी विषय वस्तुको लामो छलफलमा गइरहेका छैनौँ । हामी आग्रह पोख्छौँ, भ्रमको खेती गछौँ यहाँ । रचनात्मक रुपले सोच्ने, छलफल गर्ने, द्वन्द्वात्मक रुपले बुझ्ने कुराको धेरै अभाव देख्छु ।’

मन्त्री गुरुङले सुशासन प्रवद्र्धन गर्नु आजको सबैभन्दा सबैको साझा उद्देश्य र दायित्य भएको बताउनु भयो । प्रतिस्थापन गर्न बनेको विधेयकहरुको विरोध हुनु वैचारिक र सैद्धान्तिक रुपले गलत भएको उहाँको भनाइ छ । –