८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल

औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताउनु भएको छ ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाण्डौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उहाँले रोजगारी सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताउनु भयो ।

अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवद्र्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो । “एकातर्फ नेपाली श्रमशक्तिले नेपालमै रोजगारीका पर्याप्त अवसरहरु पाइरहेका छैनन् भने अर्कोतर्फ नेपाली रोजगारदाताले आफुले खोजेजस्तो सीपयुक्त जनशक्ति प्राप्त गर्न सकिरहेका छैनन् ।

अर्कोतर्फ नेपाली जनशक्ति श्रम बजारको खोजिमा बाध्यतात्मक रुपले वैदेशिक रोजगारमा जानु पर्ने अवस्था विद्यमान छ । यो अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास तथा रोजगार सम्बन्ध समेतमा देखिएको अन्तरलाई विश्लेषण गर्दै श्रम तथा रोजगारका नयाँ अवसर खोज्न सक्नु पर्दछ । त्यसको लागि क्षेत्रलाई लगानीका लागि वातावरण सिर्जना गरिदिनु पर्छ । ” उहाँले भन्नुभयो ।

उहाँले रोजगारी सिर्जनाको “रियल एक्टर” निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक वातावरण सिर्जना गर्ने नीति नियम बनाउँदा र, तर कमा र वा को नाममा असहज परिस्थती बन्न नहुेनमा जोड दिनु भयो । नेपालको कूल रोजगारीको ८६ प्रतिशत बढि रोजगारी निजी क्षेत्रले सिर्जना गरेको जानकारी दिँदै उहाँले निजी क्षेत्रले कुनै उद्योग व्यवसायमा लगानी गर्दा त्यसबाट उसले मात्र फाइदा नलिई सरकार तथा स्थानीय बासिन्दालाई समेत फाइदा पुग्ने हुनाले विकास निर्माण,पूर्वाधार विकासमा सरकार,राजनीतिक दल तथा निजी क्षेत्रको एउटै धारणा बन्नु पर्ने बताउनु भयो ।

नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको सन्दर्भमा उत्पादन र उत्पादकत्व विस्तार तथा आन्तरिक रोजगारीको आधार खोज्न सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताउनु भयो । यस्तै उहाँले औद्योगिक वातावरण निर्माणका लागि रोजगारदाता र टे्रड युनियन संगठनका बीच सुमधुर औद्योगिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै महासंघले रोजगारदाता र श्रमिकहरुका बीचमा सुमधुर सम्बन्ध राख्ने गरि कार्य गरिरहेको जानकारी दिनुभयो ।

उहाँले महासंघको पहलमा सरकारले विभिन्न कानूनहरु संशोधन गरि संसदबाट हालै पारित गर्नु सकारात्मक भएको बताउँदै अब छिट्टै नियमावली तथा कार्यविधि ल्याउन सरकारसंग आग्रह पनि गर्नु भयो । मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा नीतिगत र कानुनी सुधारका लागि पृष्ठपोषण लिने तथा नीतिगत र कार्यक्रमगत सुधारका लागि सुझाव प्राप्त गर्न उद्देश्यका साथ आयोजना गरिएको ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन भएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाको लागि उद्यमशीलता विकास गर्नु पर्नेमा जोड दिनु भयो । यसको लागि सरकार निजी क्षेत्रसंग सहकार्य गरेर जान तयार रहेको बताउनु भयो । सो अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशक २०८१ तथा आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम २०८१ को शुभारम्भ गर्नु भएको थियो ।

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, चुनौती तथा रोजगारीका अवसरका बारेमा धारणा राख्नु भएको थियो ।

विभिन्न प्रदेशका प्रदेशका मुख्यमन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघका,नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श ,महिला उद्यमी महासंघ नेपाललगायत रोजगारदाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु तथा विकास नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा विभिन्न विषयमा सोमबार मंगलबार विभिन्न सेशनहरु सञ्चालन हुनेछन । रासस