७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए

पिएसबीले नागरिकको आवाज बोल्नुपर्छः सञ्चारमन्त्री गुरुङ

पिएसबीले नागरिकको आवाज बोल्नुपर्छः सञ्चारमन्त्री गुरुङ
अ+ अ-

काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई सरकारी समाचार संस्था नेपाल टेलिभिजन र रेडियो नेपालबाट गाभिएर बनेको सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालले नागरिकको आवाज बोल्नुपर्ने धारणा राखेका छन्।

आज नेपाल टेलिभिजन कर्मचारी युनियनद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘सार्वजनिक सेवा प्रसारण नेपालमा कर्मचारीको भूमिका र वृत्ति विकासका अवसर एवं पिएसबीको आगामी कार्यदिशा’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले पिएसबीले सरकारका विषयमा मात्र नभई नागरिकको आवाज बोल्नुपर्ने बताए ।

“पिएसबीलाई सरकारको स्तुति गाउने भजनमण्डली बनाउने हैन, जनताको हक, अभिव्यक्ति स्वतन्त्रता, सत्य–तथ्य विषयमा सही सूचना दिँदै जनताका आवाज बेल्नुपर्छ”, मन्त्री गुरुङले भने । उनले दुई संस्था गाभिएसँगै भूमिका बदलिएकाले यहाँ कार्यरत कर्मचारीको भूमिका तथा काम गर्ने शैली पनि बदल्नुपर्ने धारणा राखेका छन् । उनले भने पिएसबी देश र नागरिकको हितमा काम गर्ने संस्था हो । नागरिकको पक्षमा तपाईंहरूले उत्प्रेरक ढङ्गले काम गर्नुस् ।

मन्त्री गुरुङले पिएसबीले परम्परागत शैलीबाट क्रान्तिकारी छलाङ मार्नुपर्ने बताए । “पिएसबीलाई जनताको चाहनाअनुरुपको संस्थासहित आवश्यक संरचना बनाइएको छ । यो संस्था सफल वा असफल बनाउने कर्मचारीले हो। सरकार र राज्यका नीति र योजनालाई सफल बनाउने काम कर्मचारीमा भर पर्दछ ।

सञ्चारमन्त्री गुरुङले केही देशमा असल शासकको असल निर्णयलाई कर्मचारी युनियनले समर्थन गरेको उदाहरण पेस गर्दै कर्मचारीको भूमिका महत्वपूर्ण हुने दोहोर्याएरए का थिए। “जुनसुकै संस्थामा पनि असल व्यक्ति हुनुपर्छ, असल शासनलाई असल व्यक्तिले न्याय गर्न सक्छन् । त्यसैगरी शासक र सरकार पनि पारदर्शी हुनुपर्छ ।

पिएसबीका अध्यक्ष डा महेन्द्र विष्टले दुई सञ्चार संस्था गाभिएर बनेको नयाँ संस्थाले आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयमा छलफल, गोष्ठी भइरहेको बताउँदै संस्थाको रणनीति, नियमावली, विनियमावलीको प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा कर्मचारीको सेवा सुविधा, व्यवस्थापनको वर्तमान अवस्था, भावी कार्यदिशा र समग्र कर्मचारीले संस्थामार्फत जनताको पक्षमा कसरी काम गर्ने भन्ने विषयमा बृहत छलफल हुनेछ ।”