१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा

निजामति सेवाको खुलातर्फ भित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरौँः महामन्त्री थापा

निजामति सेवाको खुलातर्फ भित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरौँः महामन्त्री थापा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले निजामति सेवाको खुला प्रतियोगितामा सेवाभित्रबाट प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यस्तो प्रश्ताव गर्नुभएको हो ।

महामन्त्री थापाले निजामति सेवामा खुला प्रतियोगिताका लागि १० प्रतिशत, अन्तरतहबाट २० प्रतिशत, आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत र बढुवाद्वारा ५० प्रतिशत प्रश्ताव गर्नुभयो । उहाँले खुला प्रतियोगिताको १० प्रतिशतमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत गैरनिजामति सेवा, गैरसरकारी सेवामा रहेकाहरुका लागि प्रश्ताव गर्नुभयो । यसबाट सरकारी सेवामा विविधता आउने उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो, ‘निजामति सेवामा बाहिरबाट अनुभव बोकेका मान्छेहरु पनि आओस् जसले गर्दा निजामति सेवामा तल भ¥याङ चढ्दै गरेकालाई पनि तहगत बढुवा पनि गछौँ, प्रतिष्पर्धाका लागि पनि खुला राख्छौँ र खुला प्रतियोगिता पनि गर्छौँ । खुला प्रतियोगिताका लागि १०, अन्तरतहबाट २०, आन्तरिक प्रतियोगिताबाट २० र बढुवाद्वारा ५० प्रश्ताव गरेको छु । खुला प्रतियोगितामा सेवा भित्रबाट प्रतिष्पर्धा गर्न नपाउने । त्यसमा पनि ४० प्रतिशत फ्रेस र ६० प्रतिशत निजामतिभन्दा बाहिरको गैरनिजामति सेवा, निजी क्षेत्र, गैरसरकारी सेवा रहेका मान्छेहरु चाहीँ आउन पाउने । यसमा डाइभरसिटी आओस् भनेर यसो गरिएको हो यसमा लिमिट नगरौँ भनेर प्रश्ताव गरेको छु । यसो गर्दा के हुन्छ त भन्दा उपदफा ४ पछिको दफा थपेर मिलाउनुपर्ने हुन्छ । निजामति सेवाको कुरा गर्दा त्यसको पवित्रताको कुरा पनि छ, त्यसभित्रको केही जिम्मेवारीका कुराहरु पनि छन् ।’

समिति सदस्य एवं नेकपा एमालेका सांसद रघुजी पन्तले निजामति सेवामा नयाँ विकसित प्रविधि चलाउन जान्ने व्यक्ति ल्याउनुपर्ने बताउनु भयो । उहाँले नयाँ पुस्तालाई नेपाल सरकारको अधिकृत सेवामा आकृष्ट गर्ने दृष्टिकोणले केही प्रतिशत स्थान दिनुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, ‘एउटा पक्षको वृत्ति विकासमात्र हेरेर होइन, प्रविधिको परिवर्तन भइरहेको बेला प्रविधिको प्रयोग गर्न जान्ने मान्छे प्रशासनमा ल्याउनु भएन भने अबको प्रशासन अघि जान सक्दैन । त्यसैले यो खुलाबाट आउने भनेको योग्य मान्छे आउने ठाउँ हो यसलाई घटाउन हुँदैन । वृत्ति विकासको बढुवा कुरेर बस्ने भनेको वा फाइल बढुवमै पर्खिनु भनेको प्रतिष्पर्धामा पछाडि पर्ने मानछेहरु हो । प्रतिष्पर्धामा योग्य मान्छे सुब्बा होस् वा शाखा अधिकृत होस प्रतिष्पर्धामा लड्छ र यहाँ टोटल बन्द पनि गरिएको छैन । अधिकृत छैटौँ हुन्छ, छैँटौँबाट पनि सातोमा जान पाउँछ । त्यसैले नयाँ पुस्तालाई नेपाल सरकारको अधिकृत सेवामा आकृष्ट गर्ने दृष्टिकोणले र नयाँ पुस्तालाई सरकारी जागिरमा केही प्रतिशत ठाउँ दिउँ है भन्ने आशयले पनि यो संख्यालाई घटाउनु हुँदैन ।’

समिति सदस्य एवं नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डले निजामति सेवाको नाम परिवर्तन गर्न प्रश्ताव गर्नुभयो । उहाँले निजामति सेवाको नाम मन नपराउनेहरु पनि रहेको भन्दै यसको ना सार्वजनिक सेवा राख्नुपर्ने प्रश्ताव गर्नुभयो । उहाँले नाम परिवर्तनका लागि धेरै छलफलहरु भएपनि संविधानमा व्यवस्था भए बमोजिम नै निजामति सेवा राख्ने भनेर समय मात्रै खेर फालेको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले भन्नुभयो, ‘निजामति सेवाको दुई वटा कुरामा गम्भीर लागेको छ । यो निजामति नाम कसैलाई पनि मन परेको छैन । यो नाम किन राख्ने ? यसलाई सार्वजनिक सेवा भनौ वा अरु केही भनौँ । अरुनै नाम राखौँ भनेर छलफल गरेको बेकार भयो, संविधानमा जे छ त्यही राख्ने भनेर । श्रेणी र तहका बारेमा पनि धेरै छलफल भयो तर संविधान अनुसार गर्न त्यो पढेर आउनुपर्छ, त्यो सकिँदैन । बेकारमा समय गइरहेको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले श्रेणी र तहको व्यवस्थाबारे एक कदम अगाडि बढेर तह मात्रै राख्नुपर्नेमा जोड दिनुभयो । श्रेणी र तहको कुरा ठूलो विषय नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘श्रेणी र तहको जुन कुरा छ नि यो चाहीँ संविधानको कुरा, यो कुनै ठूलो कुरा हो जस्तो लाग्दैन । हामीले भनेको कुरा पनि हुन्छ, संविधान पनि मानिन्छ यहाँ गर्न मिल्छ भने, जस्तो चाहीँ टेबुलमा यो तह भनेको यो श्रेणी हो भनेर खुलाइ सकेपछि पछाडि लेख्ने ठाउँमा एक कदम अगाडि बढेर तह तह भनेर लेखे भइहाल्छ नि । त्यसमा हरेक ठाउँमा श्रेणी लेख्नैपर्छ भन्ने छैन । यसो गर्दा हामी एक कदम अगाडि बढ्छौ जस्तो लाग्छ ।’

जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नासुको आँशु पुछ्नका लागि सुब्बामा प्रवेश नलिइ सोझै खरदारमा प्रवेश दिने व्यवस्था गर्न प्रश्ताव गर्नुभयो । यस्तो व्यवस्था गर्दा १०–१५ वर्ष सेवापछि सिधै बढुवा हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुब्बामा पनि सोमmै प्रवेश पनि दिन्छौँ, उसले सुब्बाबाटै रिटायर्ड हुनुपर्ने स्थिति भयो भने नासुको आँशुले हामी सबैलाई पिर्छ । नासुको आँशु पुछ्नका लागि अब हामी यो ऐनमा चाहीँ खरदारमा इन्ट्री गराउँछौँ, सुब्बामा लिँदैनौँ । यसो भइसकेपछि सुब्बाबाट सोझै अरु तहमा गएन भने छैटौँ, सातौँ तहमा गएन भने १० वर्ष १५ वर्ष सेवा गरी सकेपछि उ त स्वतः प्रमोसन भएर आउँछ सय प्रतिशत राखेको त्यही कारणले होला । सुब्बाबाट बढुवा भएर आउनेका लागि ३५ प्रतिशत दिएको छ र बाँकी ६५ प्रतिशत शाखा अधिकृत भर्ती गर्ने भयौँ ।’

समितिका अन्य सदस्यहरुले निजामति ऐनलाई समयानुकुल बनाउनुपर्नेमा जोड दिएका छन् ।