१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध News Polar मकवानपुरको बकैया–६ मा जमिन फाटेपछि स्थानीय त्रासमा, ८ घर पूर्ण क्षति News Polar नयाँ धितोपत्र विधेयक तत्काल संसद्मा ल्याउन अर्थसमितिको निर्देशन News Polar सुन्धारामा स्नानसँगै समापन बसुन्धरा देवी व्रत News Polar चीनसँग जोड्ने तीनवटै नाका बन्द हुँदा वैदेशिक व्यापार प्रभावित News Polar युवास्थामै कोरोनरी मुटुरोग देखिन थालेको छः डा रौनियार News Polar अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमाः सीडीएससी प्रमुख कार्यकारी अधिकृत सापकोटा News Polar सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको आग्रह News Polar तातोपानी नाका सञ्चालन गर्न सडकमा कुनै अवरोध छैनः सडक डिभिजन प्रमुख भण्डारी News Polar तुइन र गाडीमा झुन्डिँदै रसुवाका विद्यार्थीको जोखिमपूर्ण यात्रा

रोगले सुकेर उजाडिए सुन्तला बगैँचा

रोगले सुकेर उजाडिए सुन्तला बगैँचा
अ अ+ अ-

रामपुर । सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।

विशेषगरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ । “यही सुन्तलाको बोटबाट कुनै वर्ष रु चार लाखसम्म आम्दानी लिए, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ”, सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाउनुभयो । सुन्तलाखेती उहाँको परिवारको गुजारा हो । सुन्तला फलाएर आम्दानी बटुल्नु भएका सुनारीलाई अहिले केही आम्दानी नहुँदा चिन्तित हुनुहुन्छ ।

“सुन्तला पाक्नेबेला हुनथालेपछि व्यापारी घरमै आएर खरिद गर्ने गर्नुहुन्थ्यो, घरबाटै बिक्री हुन थालेपछि सजिलो भयो, आम्दानी राम्रै भइरहँदा हर्षिएर क्षेत्र विस्तार गर्दै गए, राम्रै फल दिने क्रममा बोटमा विभिन्न समस्या देखिने र एक्कासी उत्पादन घट्न थाल्यो”, सुनारीले भन्नुभयो, “सुन्तला बेचेर आम्दानी लिइरहेको मनमा झलझली छ, के गर्नु विगत सम्झेर मनमा पीडा लुकाएर बस्नु परेको छ ।”

फेदको जराको बोक्रा कुहिने, बोट पहेलिँदै जाने, बोक्रा नै नहुने, विस्तारै खानेकुरा सोस्न कम हुँदै जाँदा बोटको टुप्पोबाट सुक्दै जाने समस्या देखिएको उहाँले बताउनुभयो । खाद्यतत्व नपुगेपछि फल लागेता पनि दाना स्वादिलो नहुने उहाँले जनाउनुभयो । उहाँको घरवरपर रहेका बगैँचामा साना ठूला गरेर एक हजार २०० बोट छन् । फल्न लाग्दा सबै बोट अनुत्पादक बनेका छन् । अम्दानीकै हिस्सा गुमेको उहाँ बताउनुहुन्छ ।

“उत्पादनको सुरुआती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ”, सुनारीले भन्नुभयो ।

घरमा दुई–चार बोट घरायसी प्रयोजनका लागि लगाइने गरेकामा व्यावसायिक खेती भने सुनारीले २०६२÷६३ देखि थालनी गर्नुभएको हो । करिब ५० बोटबाट व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले आम्दानी भने २०६७÷६८ देखि लिएको बताउनुभयो । सुनारीले सुन्तला बिक्रीबाट २०७४÷७५ सम्म आम्दानी राम्रै लिनुभयो । त्यसयता भने क्रमिक रुपमा बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

वार्षिक रु चार लाखसम्म आम्दानी गर्न सफल सुनारी विगत तीन वर्षयता भने आम्दानीविहीन नै बन्नुभएको छ । सुन्तला बगैँचामा अहिले मकै, सिमी, अदुवाजस्ता बाली लगाउन थाल्नुभएको छ । कुनैबेला गाउँमा सबैभन्दा धेरै सुन्तला बेच्ने किसानका रुपमा पहिचान दिनुभएका सुनारी अहिले घरायसी प्रयोजनका लागि उत्पादनन हुँदा सुन्तलाको पहिचान गुम्छ कि भन्ने चिन्तामा पर्नुभएको छ ।

बहपुर गाउँमा १७ घरको बासोबास छ । यहाँका किसानले सुन्तलाबाट राम्रै आयआर्जन हुने सम्भावना देखेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । पहिला सबैका घरमा सुन्तला राम्रै उत्पादन हुन्थे भने अहिले रोग लागेपछि दुई घरमा मात्रै उत्पादन सीमित बनेको छ । यहाँ पछिल्लो पाँच वर्षयता बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दै गएको हो । सडक सुविधा पुगेसँगै बजारीकरणमा सहज हुँदा सुन्तला व्यवसायमा हौसिएका किसान उत्पादन लिन नपाउँदा निराश बनेका छन् ।

बहपुर गाउँमा २०७५ अघिसम्म २२५ रोपनी जमिनमा तीन हजार ६०० सुन्तलाका बोट थिए । सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट पु¥याइएको थियो । त्यसमध्ये अधिकांश बोट मरिसकेका छन् । समस्याबारे विभिन्न निकायलाई जानकारी गराइएको छ । अहिलेसम्म समाधानका उपाय भने कुनै पनि निकायबाट नआउँदा व्यवसाय गर्ने कि नगर्नेमा किसान अन्यौलमा परेका छन् । अहिले बिरुवा हटाएर चार÷पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा किसान पुगेका छन् ।

मलजल, सिँचाइ व्यवस्थापन नपुग्दा पछि विस्तारै खाद्य तत्वको कमीले विभिन्न समस्या देखापरेको हुनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरी बताउनुहुन्छ । यो रोग पत्ता लगाउन माटो परीक्षण नै गर्नुपर्ने उहाँले बताउनुभयो । “समस्या देखिएका स्थानको माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गरी नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ, त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर माटो परीक्षण शिविर राख्ने, सुन्तलाको व्यावसायिक खेती गर्न इच्छुक किसानबाट माग आएमा कार्यालयबाट निःशुल्क बिरुवा उपलब्ध गराउन सकिन्छ”, उहाँले भन्नुभयो ।

जिल्लामा यस वर्ष रु ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्याङ्क छ । रु छ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको प्रमुख चौधरी बताउनुहुन्छ । गत वर्ष आठ हजार ८६१ मेट्रिकटन उत्पादन भएकामा यस वर्ष बढेर नौ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक करिब ३३७ मेट्रिकटन उत्पादन बढेको पाइएको छ ।

सुन्तला उत्पादनका लागि जिल्लाभित्र एक हजार १९६ हेक्टर क्षेत्रफल रहे पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । यहाँका १० पालिकामध्ये छ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तलाखेती हुने गरेको छ । सुन्तलाखेतीलाई व्यवसायीकरणमा जोड दिँदा किसानले आम्दानी राम्रो लिन थालेका छन् । सडक सुविधा तथा बजार सहज हुँदा किसानले क्षेत्रफल विस्तार गर्दै गएका छन् । अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै आयस्रोत लिन पाइने सम्बद्ध किसान बताउँछन् ।

यस वर्ष रैनादेवी छहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ । रासस