१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण News Polar महाकालीको बाढीले दोधरा–चाँदनी झोलुङ्गे पुलमा क्षतिः आवागमन ठप्प, तत्काल पुनर्निर्माण गर्न माग News Polar प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद संग्रौलाको माग News Polar पुँजीबजार सुधारका काम भइरहेका छनः अध्यक्ष भट्ट News Polar विधेयकमा बहस सार्वजनिक खपतका लागि मात्रै नभई दीर्घकालीन प्रभावमा केन्द्रित हुनुपर्छ : सभापति बाँस्कोटा News Polar ट्याक्टरको ठक्करबाट रौतहटमा ६ वर्षीय बालकको मृत्यु News Polar जलवायु कार्यका लागि विदेशी सहायताको मात्र भर पर्नु हुँदैनः महेश्वर ढकाल News Polar गाेरखाकाे लार्केपास पूर्ण रुपमा अवरुद्ध

सार्वजनिक खरिद ऐन सुधारको जरुरी छः मन्त्री भण्डारी

सार्वजनिक खरिद ऐन सुधारको जरुरी छः मन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सार्वजनिक खरिद ऐन सुधारको जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले अहिले उद्योग मन्त्रायलसँग सम्बिन्धत रहेर नै धेरै कानून सुधार भएको दाबी गर्नुभयो । उहाँले सेवा प्रवाह, लगानी प्रवद्र्धन, प्रविधिको विकासको क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिलेका कानून सुधारमा सबैभन्दा बढी उद्योग मन्त्रालयसँग संवद्ध कानूनहरु सुधार भएका छन् । जहाँ सेवा प्रवाहको रुपमा, लगानीको क्षेत्रको रुपमा, अहिलेको प्रविधिको विकासको क्षेत्रमा सरकारले प्राथमिकतामा राखेको छ । जहाँसम्म आज खासगरी ट्याक्सको सन्दर्भमा पनि विषय उठेका छन् । सरकारको तर्फबाट यहाँ थोरै सहुलियत भयो भने यो क्षेत्रलाई अझ माथि लैजान सकिन्छ, हामीले यसको विकास गर्नसक्छौँ भन्नुभएको छ । यतिखेर विभिन्न विनियोजित ऐन बनाइरहँदा यसले के ठान्छ भन्दा अरु ऐनले धेरै सहुलियत दिएको हुन्छ । औद्योगिक व्यवसायिक ऐन,२०७६ त्यसले उद्योगलाई, सेवा उद्योगलाई कसरी सहुलियत दिने भनेर ऐनमा व्यवस्था छ । तर विनियोजित ऐन बनाउँदा ति सबै ऐन नै खण्डित गरिदिएको छ । पूर्ववर्ती सरकारले बजेट बनाएको हो । करका दरहरु तत्काल फेर्न पनि यसका केही विधि र प्रवन्धहरु छन् । तै पनि अझ यसलाई प्रोत्साहित गर्नको लागि सरकारले करका दरहरु परिमार्जित गर्नेकुरा । खासगरी पिपिओ, इएमअओ भन्नेकुराका प्रश्नहरु पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । खासगरी आजको सार्वजनिक खरिद ऐनले जे प्रवन्ध गरेको छ, प्रपुरमेण्टका सन्दर्भमा अझ यसमा पनि सुधारको आवश्यक यहाँहरुले राख्नुभएको छ । सुधार जरुरी पनि छ । एउटा प्रक्रियाबाट यो हामीले सार्वजनिक खरिद ऐन पनि संशोधन गर्नुपर्ने हुन्छ ।’

मन्त्री भण्डारीले प्रविधिको माध्यमबाट सेवा प्रवाहलाई अघि बढाउने, गुड गभर्नेन्स बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।