२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधार निर्माणसँगै सैलुङमा पर्यटकीय गतिविधि बढ्यो



अ+ अ-

दोलखा । भौतिक पूर्वाधारको विकाससँगै दोलखाको सैलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढेको छ ।

भौतिक पूर्वाधार निर्माणसँगै पर्यटकहको चहलपहल बढेको स्थानीयहरुले बताएका छन् । विगतको तुलनामा सैलुङ क्षेत्रमा पर्यटकको आगमन बढेको र स्थानीयहरुको जीविकोपर्जनका लागि पर्यटन क्षेत्र महत्वपूर्ण बन्दै गएको उनीहरुको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकश सिंहले  शैलुङ क्षेत्रको पर्यटकीय गतिविधि बढाउन भौतिक पूर्वाधार निर्माणले महत्वपूर्ण सहयोग गरेको बताउनु भयो । उहाँले प्राकृतिक सौन्दर्यलाई असर नपार्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आन्तरिक र वाह्य पर्यटक भित्र्याउन सुविधा, सहजता र प्रचार प्रसारका लागि स्थानीय र प्रदेश सरकारको साथमा संघीय सरकारले पनि सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस क्षेत्रलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढाउनेछौँ । विशेष गरी यहाँ आउने भौतिक पूर्वाधारका विषयमा बाटो पनि पिच हुने क्रममा रहेको देखियो, यो सुखद् कुरा हो । तर सहजताका नाममा प्राकृतिक सौन्दर्यलाई असर पार्नेगरी भौतिक निर्माण गर्नुहुँदैन । राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचारप्रसार गर्न डिजिटल युगमा त्यति गा¥हो छैन । यसका लागि पर्यटन बोर्डलगायत विभिन्न संघ संस्थाहरु क्रियाशील छन् । स्थानीय सरकार र विशेष गरी प्रदेश सरकार यसका लागि लागि परोस्, संघले पनि सहज गर्नेछ ।’

सैलुङमा नयाँ वर्ष र साउन पूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने स्थानीय संगम लामा बताउनुहुन्छ । पर्यटकीय विकासका लागि गर्नुपर्ने काम धेरै भएपनि पहिलाको भन्दा धेरै नै विकास भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सबैभन्दा भीड वर्षको दुई पटक हुन्छ, नयाँ वर्ष र साउन पूर्णिमाको तिथिमा । त्यसबेला २० हजारदेखि ३० हजारको संख्यामा मान्छेहरु आउँछन् । पहिला–पहिला बाटोको धेरै दुःख थियो, अहिले बाटो पनि बनेको छ, देउरालीसम्म पिच पनि भइसकेको छ । तर पनि गर्नुपर्ने काम त धेरै बाँकी छ । धेरै मान्छेहरु आउँदाखेरि हावाले हान्छ, त्यसको पनि सुरक्षा चाहिएको छ ।’

तीन हजार एक सय ४५ मिटरको उचाइमा रहेको शैलुङलाई धेरै जसो बादलले छोप्ने तर मौसम परिवर्तन भइरहने लामाको भनाइ छ ।