काठमाडौँ । जसपा (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
प्रतिद्वन्दी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा भट्टराई निर्वाचित भएको जानकारी दिँदै उपाध्यक्ष मानुषी यमि भट्टराईले औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलन बाट गरिने बताइन् । नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा आयोजना हुन लागेको सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको उनले बताईन् ।










