२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का विशाण-ईश्वरी जोइन्ट भेन्चरलाई



file photo can
अ+ अ-

काठमाडौं । कीर्तिपुरमास्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र स्वीकृत भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयको अनुसार प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख र फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ अनुसार बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरिएको छ । जसअनुसार। प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG  जेभीले पाएको छ । त्यस्तै, फ्लडलाइटको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको छ ।

संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले यहि पुष ५ गते फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।