२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने ठेक्का विशाण-ईश्वरी जोइन्ट भेन्चरलाई



file photo can
अ+ अ-

काठमाडौं । कीर्तिपुरमास्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र स्वीकृत भएको छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयको अनुसार प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख र फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ अनुसार बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरिएको छ । जसअनुसार। प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG  जेभीले पाएको छ । त्यस्तै, फ्लडलाइटको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको छ ।

संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले यहि पुष ५ गते फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

 

 

 

 




भर्खरै