२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी स्पोर्ट्स एकेडेमीका उपाध्यक्षमाथि प्रहरीले कुटपिट गरेको भन्दै अनेरास्ववियुको चेतावनी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुले अस्कल क्याम्पस मदन भण्डारी स्पोर्टस् एकेडेमीका उपाध्यक्ष प्रकाश बयकमाथि प्रहरीले कुटपिट गरेको भन्दै घटनाप्रति आपत्ति जनाएको छ ।

सङ्गठनका अध्यक्ष समिक बडालले बिहीबार एक विज्ञप्ति जारी गर्दै उपाध्यक्ष माथि भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।

नेपाल प्रहरीले गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय रहेको बताउँदै उनले यो घटनाको तत्काल छानबिन गरी दोषीहरूलाई कारबाही गर्न समेत माग गरेका छन् । अन्यथा यस किसिमका गतिविधि विरुद्ध संगठन आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

बुधबार राति अन्दाजी ७ बजेतिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भन्दै दरबारमार्ग वृत्तको प्रहरीले अस्कल होस्टल बाहिर बोलाई उठाएर लगी टोखा पुर्‍याएर विभिन्न आरोपमा मुद्दा लगाउँछु भन्दै धम्की दिँदै नाक, मुख, आँखा सुन्निने गरी कुटपिट गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।