१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा ३ हजार ३७९ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा ३ हजार ३७९ फरार प्रतिवादी पक्राउ
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौंको डल्लुमा सुन तथा विभिन्न गहना चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वर्ष ४१ का नरेन्द्र देउला रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनु भयो । उहाँले देउला यसअघि पनि पाँच चोरी मुद्दा र एउटा ज्यान केस मुद्दामा संलग्न रहेको बुझिएको बताउनु भयो । देउला कतिपय केसमा कारागार सजाय भोगेर र कतिपय केसमा धरौटीमा रिहा भइको पाइएको बताउनु भयो । देउलाबाट करिव ११ लाख २३ हजार बराबरको सुनका सामग्री बरामद गरिएको बताउनु भयो ।

त्यस्तै काठमाडौंको कुमारीगालमा चोरीको मोबाइल लिन दुई समूहबीच भएको झडपमा धारिलो हतियार प्रयोग वर्ष २३ का संघर्ष कार्कीको ज्यान गएको प्रहरीले बताएको छ । हत्या प्रकरणमा संलग्न तीन जनालाई पक्राउ गरिएको बताउनु भयो । पक्राउ पर्नेमा वर्ष २३ का युनिक लामा भन्ने न्युतु शेर्पा, शेर्पालाई यसअघि पनि अभद्र मुद्दामा पाँच पटक पक्राउ गरिसकेको बताउनु भयो । त्यस्तै पक्राउ पर्ने अर्का व्यक्ति विशाल तामाङ रहेको बताउनु भयो । त्यस्तै अर्का वर्ष १९ का क्षितिज कार्की रहेको बताउनु भयो । घटनामा संलग्न दुई समूहका तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउनु भयो । एक जना अझै फरार रहेको जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर ३, बुढानीलकण्ठ गैह्रीगाउँस्थित दुई वटा घर भाडामा लिएको र क्रिप्टो करेन्सी सञ्चालन गरेको घटनामा २३ जनलाई पक्राउ गरिएको बताउनु भयो । घटनाबाट विभिन्न किसिमडा डिभाइस, ट्रान्जेक्शन गर्ने ल्यापटप, क्म्प्युटर लगायतका सामग्री बरामद गरेको बताउनु भयो । प्रारम्भिक अनुसन्धानअनुसार ३ अर्ब १३ करोड भन्दा बढी रकम बराबरको सट्टाबाजी भएको देखिएको बताउनु भयो । पक्राउ पर्ने २३ जना व्यक्ति सबै भारतीय नागरिक रहेको बताउनु भयो । ८८ थान मोबाइल, १० वटा ल्यापटप, भारतीय सिमकार्ड ५० वटा, भारतीय एटिएम कार्य ९ वटा बरामद गरेको बताउनु भयो ।

माघ १५ गतेदेखि अहिलेसम्म ३ हजार ३७९ फरार प्रतिवादीलाई पक्राउ गरी कानूनको दायरामा ल्याएको बताउनु भयो ।