१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

रास्वपा सांसदको प्रश्नः संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने

रास्वपा सांसदको प्रश्नः संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वातन्त्र पार्टीका सांसद गणेश पराजुलीले संसद बैठक संसदको नियमावलीअनुसार नचलेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले सरकारले नियमापत्ति गर्दा संसद नियमावलीको व्यवस्थाअनुसार गर्नुपर्नेमा त्यस्तो नगरेको आरोप लगाउनु भयो ।

यसअघि सत्तारुढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालले नियमापत्ति जनाउनु भएको थियो । पराजुलीलेले सरकारले दुई तिहाईको धाक लगाउदै संसदलाई पेल्न खोजेको आरोप लगाउनु भयो । उहाँले संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? भन्दै प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकार पक्षको यो पेलाई कस्तो हो ? गरिमामय संसद प्रक्रियाको लागि हामीसँग नियमावली छ । आकस्मिक समय, शुन्य समय र विषेश समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो । तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ?नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो ? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय ? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ?हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ ।’

सदन सञ्चालनमा सरकारले हस्तक्षेप गरे स्वीकार्य नहुने उहाँको भनाइ छ ।