१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

स्टिल र एलुमिनियममा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
(Photo/Alex Brandon)
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउन कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

“आज म स्टिल र एलुमिनियममा हाम्रो शुल्कहरूलाई सरलीकरण गर्दैछु”, ट्रम्पले सोमबार ओभल अफिसमा भन्नुभयो, “यो कुनै अपवाद वा छुट बिना २५ प्रतिशत हो ।”

त्यसपछि जारी गरिएको कार्यकारी आदेशमा उहाँले भन्नुभयो, “सन् २०२५ मार्च १२ सम्म अर्जेन्टिना, अस्ट्रेलिया, क्यानाडा, मेक्सिको, युरोपेली सङ्घ ९इयु० का देशहरू र बेलायतबाट एलुमिनियम वस्तुहरू र व्युत्पन्न एलुमिनियम वस्तुहरूको सबै आयात अतिरिक्त विज्ञापन मूल्य शुल्कको अधीनमा हुनेछ ।”

ट्रम्पले स्टिलका लागि छुट्टै आदेश जारी गर्नुभयो । आदेशमा एलुमिनियम शुल्क लागेका सबै देशका साथै ब्राजिल, जापान र दक्षिण कोरियाबाट हुने सबै आयातमा लागू हुने बताइएको छ ।

अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा र मेक्सिको संयुक्त राज्य अमेरिकाका लागि सबैभन्दा ठूलो स्टिल आयातकर्ता हुन् । ब्राजिल र दक्षिण कोरिया पनि प्रमुख स्टिल आपूर्तिकर्ता हुन् ।

ट्रम्पले अटोमोबाइल, फार्मास्युटिकल्स र कम्प्युटर चिप्समा थप कर लगाउने पनि सङ्केत गर्नुभयो ।

“राष्ट्रपति ट्रम्पले अमेरिकाको पहिलो स्वर्ण युगको एउटा महत्त्वपूर्ण अंश स्टिल उत्पादन हो भन्ने स्पष्ट पार्नुभएको छ”, राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले सिएनबीसीलाई भन्नुभयो ।

ट्रम्पले अमेरिकी उत्पादनहरूमा अन्य सरकारहरूले लगाउने शुल्कसँग मेल खाने गरी व्यापक ‘पारस्परिक शुल्क’ मा मङ्गलबार वा बुधवार घोषणा गर्ने वाचा पनि गर्नुभयो ।

आफ्नो सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा ट्रम्पले एशियाली र युरोपेली देशहरूबाट अमेरिकी उद्योगहरूले अनुचित प्रतिस्पर्धाको सामना गरेको विश्वास गर्दै व्यापक शुल्कहरू लगाउनुभएको थियो ।