२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छः पूर्वअर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताउनु भयो ।

उहाँले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिष्पर्धा दिन आग्रह गनुभयो । उहाँले नयाँ स्कट एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको उल्लेख गर्नुभयो । उहाँले खुला प्रतिष्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल धितोपत्रबाट नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गर्ने कुराहरु आएका छन् । तर पुनःसंरचना भइराखेको छैन । नयाँ स्टक एक्सचेन्ज दिनको लागि तछाड मछाड चलि रहेको छ । यसमा केही स्वार्थ समूहका स्वार्थ देखिएका छन् । जनतालाई थाहा छ । यो हामीसँग भएको नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गरेर बलियो बनाईयोस् । निजी क्षेत्रमा जानु पर्दा प्रतिस्पर्धाबाट जाने व्यवस्था होस् । जनताको खबरदारी छ । प्रमुख प्रतिपक्षदलको पनि खबरदारी रहेको छ ।’

उहाँले सरकारले समयमा विकास निर्माणको लागि ठेक्का समेत लगाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले बजेटमा व्यवस्था विकास निर्माणका आयोजनाहरु तत्काल ठेक्का लगाएर शुरुवात गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आफू अर्थमन्त्री हुँदा हरेक सांसदहरुको क्षेत्रमा एउटा आयोजनामा राखिएको तर वर्तमान सरकारले खुद्रे आयोजनाको नाम दिएर कार्यान्वयनमा बेवास्था गरेको उल्लेख गर्नुभयो ।