२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छः पूर्वअर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले सरकार नयाँ स्टक एक्चेञ्जको पुनःसंरचना गर्न छाडेर नयाँ स्कट एक्सचेञ्जको लाइसेन्स दिने होडबाजीमा लागेको बताउनु भयो ।

उहाँले नयाँ स्टक एक्चेञ्जको लाइसेन्स निजी क्षेत्रलाई दिने भए कमिसनबाट नभई खुला प्रतिष्पर्धा दिन आग्रह गनुभयो । उहाँले नयाँ स्कट एक्सचेन्जको लाइसेन्समा पनि स्वार्थ समूह हाबी देखिएको उल्लेख गर्नुभयो । उहाँले खुला प्रतिष्पर्धाका आधारमा नभए प्रमुख प्रतिपक्ष दलले सरकारलाई खबरदारी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल धितोपत्रबाट नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गर्ने कुराहरु आएका छन् । तर पुनःसंरचना भइराखेको छैन । नयाँ स्टक एक्सचेन्ज दिनको लागि तछाड मछाड चलि रहेको छ । यसमा केही स्वार्थ समूहका स्वार्थ देखिएका छन् । जनतालाई थाहा छ । यो हामीसँग भएको नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गरेर बलियो बनाईयोस् । निजी क्षेत्रमा जानु पर्दा प्रतिस्पर्धाबाट जाने व्यवस्था होस् । जनताको खबरदारी छ । प्रमुख प्रतिपक्षदलको पनि खबरदारी रहेको छ ।’

उहाँले सरकारले समयमा विकास निर्माणको लागि ठेक्का समेत लगाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले बजेटमा व्यवस्था विकास निर्माणका आयोजनाहरु तत्काल ठेक्का लगाएर शुरुवात गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आफू अर्थमन्त्री हुँदा हरेक सांसदहरुको क्षेत्रमा एउटा आयोजनामा राखिएको तर वर्तमान सरकारले खुद्रे आयोजनाको नाम दिएर कार्यान्वयनमा बेवास्था गरेको उल्लेख गर्नुभयो ।




भर्खरै