२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु News Polar सरकारले जलन उपचारका लागि राष्ट्रिय मापदण्ड तयार गर्‍यो News Polar तीस अर्बको निक्षेप सङ्कलन गर्दै राष्ट्र बैंक News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar हावाहुरी र वर्षाले कांग्रेसको बन्द सत्र प्रभावित, आजै प्रतिवेदन पारित गर्ने तयारी News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ता र नामावली सच्याउन दिउँसो २ बजेसम्मको समय News Polar जनकपुरधाममा दशैँको तयारी तीव्र, राजदेवी मन्दिरसहित दर्जनौँ स्थानमा भव्य पूजा हुने News Polar पीपीएमा कडाइ गर्दै सरकार, खपत सुनिश्चित नभई सम्झौता नगर्ने ऊर्जामन्त्रीको संकेत News Polar राणाले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा, भने– ‘तरुण पंक्तिको प्रतिनिधित्व गर्छु’ News Polar केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका विद्वान गुरुङ भन्छन्– मुलुकलाई नयाँ दिशा दिन र पार्टीलाई थप सशक्त बनाउने संकल्प छ News Polar नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट काँग्रेसलाई सशक्त बनाउनुपर्छ : सुरेन्द्रराज पाण्डे News Polar संविधान र व्यवस्था जोगाउन युवाहरू आन्दोलन र जेल जान तयार हुनुपर्छ : महेन्द्र यादव News Polar गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी News Polar कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने News Polar ७४ जिल्लामा स्क्रब टाइफस, नियन्त्रणका लागि सरकारको निगरानी तीव्र News Polar छ वर्षमा तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइ News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने

लक्षण नदेखिएपछि बिरामीलाई पीसीआर परीक्षणविना नै निको भएको ठानेर घर पठाउँदै

लक्षण नदेखिएपछि बिरामीलाई पीसीआर परीक्षणविना नै निको भएको ठानेर घर पठाउँदै
अ अ+ अ-

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा रहेका कोरोना संक्रमितलाई उपचारका लागि निगरानीमा राखिने आइसोलेसन केन्द्रले राम्रो सेवा दिएकै कारण एक सातादेखि १५ दिनभित्रै बिरामी निको भएर घर फर्किनेको संख्या उच्च छ । तर, पछिल्लो समय १०–१२ दिनसम्म लक्षण नदेखिएपछि बिरामीलाई पीसीआर परीक्षणविना नै निको भएको ठानेर घर पठाउने गरिएको छ । ‘पहिला–पहिला त पीसीआर परीक्षण गरेर नेगेटिभ परिणाम आएपछि डिस्चार्ज गर्ने गरिएको थियो, तर पछिल्लो समयमा कुनै लक्षण नदेखिएपछि कोरोनामुक्त ठानेर घर पठाउने गरिएको छ’, कीर्तिपुरस्थित नेपाल आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा। रामआधार यादवले भने– ‘जेठ महिनायता २ सय १२ जना उपचारपछि केन्द्रबाट डिस्चार्ज भइसकेका छन् भने अहिले करिब २ सयले आइसोलेसनमा उपचार गराइरहेका छन् ।’

‘स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार नै पीसीआर परीक्षणविना नै १४ दिनपछि कुनै लक्षण नदेखिएपछि घर फर्काइएको हो’, डा। यादवले भने– ‘हामीकहाँ, संक्रमण भएर पनि लक्षण नदेखिएका अर्थात् एसिम्टम्याटिक, छिटफुट लक्षण देखिएका अर्थात् माइल्ड र मोडिरेट बिरामी मात्र राखिन्छ, त्यसैले पनि निश्चित समयको निगरानीपछि परीक्षणविना नै डिस्चार्ज गर्नु स्वाभाविक हुन्छ ।’ कीर्तिपुरको यस आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रस्थित आइसोलेसन केन्द्रले भर्ना भएका सबै पूर्णतः स्वस्थ भएर घर फर्केका कारण प्रशंसा पाएको छ । डा. यादव भन्छन्– ‘कोरोना भाइरसको औषधी त छैन, तर रोग प्रतिरोधात्मक क्षमता विकास गरेर विषाणुलाई प्रभावहीन बनाउने क्षमता आयुर्वेदिक औषधीमा छ, त्यो हामी संक्रमितलाई सेवन गराउँछौं ।’

उनका अनुसार गुर्जो, त्रिकटु र अभ्रकभष्म मिलाएर केन्द्रले ट्याब्लेट बनाएको छ, त्यो बिरामीको अवस्थाअनुसार दिनको एक वा दुई गोली खान दिने गरिएको छ । यसका अतिरिक्त सन्तुलित आहार, व्यायाम र आत्मबलको विकास गरिएका कारण पनि कुनै पनि बिरामीको दुःखद अवस्था नभएको उनको निष्कर्ष छ । ६ सयभन्दा बढी संक्रमितको उपचार गरिसकेको केन्द्रले अवस्था अलि जटिल देखिएका १५ बिरामीलाई सरुवा रोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल बलम्बुलगायतमा रिफर गरी पठाइएको र त्यहाँ राम्रो भएर उनीहरु घर फर्किसकेको रेकर्ड पनि उनले देखाए । कोभिडका बिरामीलाई स्वास्थ्य सेवा विभाग, स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमितलाई कीर्तिपुर, बलम्बु, भक्तपुरको खरिपाटी, सैनिक अस्पताललगायतमा आइसोलेसनमा राख्नका लागि पठाउँछ । यी आइसोलेसन केन्द्रमा प्रत्यक्ष व्यक्तिगतरुपमा जाने व्यक्तिलाई भर्ना लिइन्न । हाल, सातै प्रदेशमा यस्ता आइसोलेसन र क्वारेन्टिन केन्द्रको व्यवस्था गरिएको छ ।

सशस्त्र प्रहरीका डीआईजी तथा प्रवक्ता राजु अर्यालले जानकारी गराएअनुसार सशस्त्र प्रहरी अस्पताल पनि भनिने युनिफाइड कमान्ड हस्पिटलमा जेठयता उपचार गराएर घर फर्किनेको संख्या ७ सय ८ रहेको छ भने २ सय १२ उपचाररत छन् । आठ थान भेन्टिलेटर सेवा पनि उपलब्ध रहेको यस अस्पतालमा बाहिरबाट रिफर भई आएका गम्भीर अवस्थाका १० कोभिड–बिरामीको भने निधन भएको छ । डा. प्रवीण नेपाल भन्छन्– ‘दम, सुगर, फोक्सोको संक्रमण आदिसँग सम्बन्धित यी बिरामीहरु हामीकहाँ ढिला गरी आएका थिए, कतिलाई भर्नासम्म गर्न नपाई मृत्युको घोषणा गर्नुपरेको थियो ।’

डा. नेपालका अनुसार बिरामीलाई दैनिक चारपटक सन्तुलित भोजन दिइन्छ, बिहान योगासन आदि व्यायाम गराइन्छ, सांगीतिक वातावरण तयार पारिन्छ, उच्च आत्मबल कायम गर्न प्रोत्साहित गरिन्छ । भोजनमा गेडागुडी, माछामासु, तातोपानी, अदुवापानी, बेसार पानी आदि दिइन्छ । भिटामिन सी, डी र जिङ्क खुवाउनुका साथै ज्वरो, खोकी आदि देखिए त्यसको नियन्त्रणका लागि औषधी दिइन्छ । आजसम्म ९ सय ३० जना कोरोना संक्रमितको उपचार गरिसकेको एएफपी अस्पतालको आइसोलेसनमा रहेर उपचार गराई हालै डिस्चार्ज भएका एक बिरामीले भने– ‘मलाई निको हुन्छ भन्ने सकारात्मक भावना छ भने शरीरबाट सकारात्मक विकिरण वा तरंगको प्रवाह हुन्छ, कोरोनालाई जित्न सकिन्छ, तर म मरें सकिएँ भनेर हतास हुने हो भने जीवनकै पराजय पनि हुन सक्छ ।’ एएफपीका प्रहरी नायब उपरीक्षक उनले तातोपानीको बाफ नियमित लिँदा आफूलाई निकै सहज भएको र १२ दिनमा निको भएको जानकारी पनि दिए । नेपाल समाचारपत्र दैनिक